Share Icon

१० कात्तिक,काठमाडाैँ। नेपाली फिल्मका सर्वाधिक व्यस्त कलाकार प्रकाश घिमिरे घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भिर घाइते भएका छन् ।

आज बिान साढे ९ बजे नदीपुर–३ मा घाँस काट्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको अहिले मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

उनको अवस्था केही गम्भिर रहेको बताइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक संजालमा स्टाटस लेख्दै कलाकार घिमिरेको शिर्घ स्वास्थ्य लाभको कामना गरेका छन् । उनको अहिले अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ ।

कलाकार घिमिरे अभिनित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ हाल हलमा चलिरहेको छ । उनलाई दर्शकले ‘पशुपति प्रसाद’का ‘मित बा’ भनेर समेत चिन्दै आएका छन् ।

Facebook Comments Box

Share Icon