तमोरमा काठको पुल निर्माण
२२ कात्तिक, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो । गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायीरुपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार…
