Share Icon

२१ कात्तिक, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले जाजरकोट भूकम्पबाट पीडितहरुलाई एक करोड रुपैयाँ राहत सहयोग गरेका छन् । उनीहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग गरेका हुन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे । सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग उपलब्ध गराउन आव्हान गर्दै आएको छ ।

गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

Facebook Comments Box

Share Icon