समाज

बाटाेलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष रावल

बाटाेलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष रावल

२१ कात्तिक, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु…
Read More
रुबिना र सीताले वुमन्स् अल स्टार्स टी–२० सिरिज खेल्ने

रुबिना र सीताले वुमन्स् अल स्टार्स टी–२० सिरिज खेल्ने

२१ कात्तिक, काठमाडौं । हङकङमा आयोजना हुने वुमन्स् अल स्टार्स टी–२० सिरिजमा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले भाग लिने भएका छन् । यी दुई खेलाडीले यसअघि फेयरब्रेकमा समेत नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । दुई टोलीबीच हुने वुमन्स् अल स्टार्स टी–२० सिरिज नोभेम्बर १० देखि सुरु हुनेछ । त्यसपछि नोभेम्बर १५ देखि २९ सम्म हङकङमै चार देश सम्मिलित हङकङ वुमेन्स टी–२० आई सिरिज हुने छ । जहाँ नेपालको राष्ट्रिय महिला टिमले भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
Read More
सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी

सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी

–अजयकुमार साह  २१ कात्तिक, धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रवोध पण्डित व्यावसायिक सयपत्री फूल खेती गर्नुभएको छ । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई पूmल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गर्नुभएको थियो । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उहाँले व्यावसायिक फूल खेती सुरु गर्नुभएको थियो । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उहाँले निरन्तरता…
Read More
हङकङ सिरिजका लागि २२ सदस्यीय महिला टोली बन्द प्रशिक्षणमा

हङकङ सिरिजका लागि २२ सदस्यीय महिला टोली बन्द प्रशिक्षणमा

२१ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक हप्तापछि हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नोभेम्बर १५ देखि १९ सम्म चल्ने प्रतियोगितामा नेपाल, यूएई, हङकङ र मलेसियाबिच प्रतिस्पर्धा हुनेछ । बन्द प्रशिक्षणमा सोनी पाख्रिनको पुनरागमन भएको छ । घरेलु क्रिकेटमा राम्रो छाप बनाइरहेकी युवा खेलाडी सोनीले टिममा पुनरागमन गरेकी हुन् । उनी तीव्र गतिको बलिङ सहित ब्याटिङमा राम्रो सम्भावना बोकेकी अलराउन्डर हुन् । महिला खेलाडीहरुलाई पुलिस महिला टिमका प्रशिक्षक समेत रहेका मनोज कटुवालले प्रशिक्षण गराउने बताइएको छ । बन्द प्रशिक्षणमा सम्मिलित खेलाडीहरु रुबिना क्षेत्री, सीता राना…
Read More
प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

२१ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका…
Read More
भूकम्पपीडितलाई राहत

भूकम्पपीडितलाई राहत

२१ कात्तिक,लुम्बिनी । रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । भूकम्पपीडितका लागि उपमहानगरपालिकाले रु २५ लाख, जनप्रतिनिधिले थप रु पाँच लाख र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै तिलोत्तमा नगरपालिकाले रु १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ । नगरप्रमुख रामृष्ण खाँणले भूकम्पले नराम्ररी क्षति पुर्याएका दुई जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई…
Read More
त्रिपालको सहारामा भूकम्पपीडित

त्रिपालको सहारामा भूकम्पपीडित

हेमन्त केसी २१ कात्तिक,जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समेत त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने पराकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको…
Read More
दुई महामन्त्रीलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

दुई महामन्त्रीलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

२१ कात्तिक, काठमाडाैँ ।  ततनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभापति देउवा, महामन्त्रीद्वय थापा र शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा मंगलबार बिहान बालुवाटार पुगेका हुन्। केही दिनअघि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो। साथै कांग्रेसले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको थियो। साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो। भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणका…
Read More
सिराहाबाट पेस्तोल, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

सिराहाबाट पेस्तोल, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

२१ कात्तिक, जनकपुरधाम । सशस्त्र प्रहरीले सिरहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गगा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र साहले जानकारी दिए । उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल,  एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार…
Read More
परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

२१ कात्तिक, कोलचौर (जाजरकोट) । जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें । वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् । शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुनेका त थिए । तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् । ‘दुई दिनपछि फेसबुकमा घरकै फोटो देखेँ, फोन गरेर पनि तुरुन्तै घर आउनुपर्ने भयो भन्नुभयो’, उनले सुनाए, ‘त्यतिबेलै कुरा बुझिसकेको थिएँ…
Read More
Page 62 of 452
1 … 60 61 62 63 64 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.