समाज

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

काठमाडाैं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम ती निर्माण व्यवसायीको इजाजतपत्रहरु स्वतः खारेज भएको जनाएको हो । यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई…
Read More
राप्ती सोनारीमा किसानहरुलाई पानिको अभाव

राप्ती सोनारीमा किसानहरुलाई पानिको अभाव

उमेश दलामी १३ बैशाख ,काठमाडौं ।  राप्ती सोनारि ३ भवानियापुर गाउँमा टोलको आयोजनामा जजसले खेती गर्छन् तिनिहरु भवानियापुर बाट शुरु भइ खैरेनि, वेलासपुर र सिस्वा सम्म कुलामा पानी नभएता पनि किसानहरु खेतीयोग्य जमिन बनाउनका कुलो सरसफाइमा लागिपरेको शेर बहादुर थारुले बताएका छन् । थारुका अनुसार विगत लामो समयदेखि कुलोमा पानी नभएको र कुनै सस्था, कार्यपालिका , वडासम्म जतिसुकै भनेनि कोसैको पनि ध्यानाकर्षण नभएको थारुले बताएका छन् । हेरौं एउटा थारूको रिपोर्ट । ज्ञद्दस्द्धट ए
Read More
संखुवासभाको चिचिलामा बाघले गाईवस्तु मारेपछि किसान त्रसित

संखुवासभाको चिचिलामा बाघले गाईवस्तु मारेपछि किसान त्रसित

१४ बैशाख ,काठमाडाैं ।  संखुवासभाको चिचिला गाउँपालिकामा बाघले गाईवस्तु मारेपछि स्थानीय किसान त्रसित बनेका छन् । बाघले एकै रात यमबहादुर राईको एउटा गोरु र दलमान राईको दुई वटा गोरु र एउटा गाई गरी चार वटा गाईवस्तु मारेको चिचिला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश राईले बताउनुभयो । बाघले गाईवस्तु मारेपछि सबैजसोले घरछेउमै गाईवस्तु बाँध्न थालेका छन् । गाईवस्तुमाथि बाघले पुनः आक्रमण गर्ने डरले स्थानीय किसानले रातभर निगरानी गर्न थालेका छन् । बाघले आक्रमण गर्न नदिन किसानले रातभर होहल्ला गर्दै गाउँघर घुम्न थालेका वडाध्यक्ष राईको भनाइ छ ।
Read More
बजार नपाउँदा खजुराका किसानको टमाटर मलखादमा फाल्न बाध्य

बजार नपाउँदा खजुराका किसानको टमाटर मलखादमा फाल्न बाध्य

उमेश दलमी १४ बैशाख ,काठमाडाैं ।   किसानले उत्पादन गरेका टमाटरले बजार र मूल्य नपाउँदा मलखादमा टमाटर फाल्न बाध्य भएका छन्, यतिखेर खजुराका किसान । खजुरा गाउँपालिका वडा नम्बर २ का किसान लालबहादुर खत्री आफूले उत्पादन गरेको टमाटर बिक्री नभएपछि पाकेको टमाटरलाई मलको रुपमा प्रयोग गर्नतर्फ लागेको बताए । बुधबार मात्रै खत्रीले बोटबाट टिपेको २ सय क्यारेट बारीमा फाले छन् भने अझै उनको बारीमा १ हजार ५ सय क्यारेट टमाटर बोटमै कुहिने अवस्थामा पुगेको छ । विगतका वर्षमा पनि खत्रीले यस्तै समस्या भोग्दै आई रहेका छन् । गत वर्ष खत्रीले उत्पादन गरेको टमाटर बिक्री नहुँदा करिब १ हजार क्यारेट टमाटर पाल्नु…
Read More
तस्करीको समान बोकेको गाडी दुर्घटना हुँदा चारजना घाइते, चालक फरार

तस्करीको समान बोकेको गाडी दुर्घटना हुँदा चारजना घाइते, चालक फरार

सिरहा । सिरहामा भारतीय बजारबाट तस्करीका समान बोकेर आएकाे सिरहा चोहर्वास्थितको नरहामा म्याजिक अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका छ्न्। प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समान सहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भइ म्याजिक दुर्घटना हुदा तीन जना घाइते भएका हुन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नरहा गाउँपालिका ३ खोरीयाटोल नजीक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादब, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख…
Read More
समावेशी स्कुलका प्रअ पोखरेलको निधन

समावेशी स्कुलका प्रअ पोखरेलको निधन

♦उमेश दलामी १३ बैशाख, काठमाडाैं ।  बाँकेको बैजनाथमा रहेको समावेशी माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पोखरेलको निधन भएको छ । लामो समयदेखी कलेजोको समस्याबाट ग्रसीत पोखरेलको मंगलबार राती उपचारका क्रममा निधन भएको हो । लामो समयदेखी शिक्षण पेशामा आवद्ध रहँदै आएका पोखरेल सामाजिक गतिविधिमा समेत सक्रिय थिए । अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको थियो । ४६ वर्षिय पोखरेलको उपचारकै क्रममै अस्पताल कोहलपुरमा मृत्यु भएको हो । मृतक पोखरेल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
Read More
स्कारपियो र मोटरसाइकल ठाेक्किँदा ३ जना घाइते

स्कारपियो र मोटरसाइकल ठाेक्किँदा ३ जना घाइते

१३ बैशाख ,काठमाडौं ।  स्कारपियो र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित तीनजना घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका(११ कलुवापुर बजारमा मंगलवार राति धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ प २०८७ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१(०११ प ७३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए। शाहीका अनुसार घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय, बेलडाँडीमा कार्यरत प्रहरी जवान निरज चौधरीसहित उनकी श्रीमती ललिता चौधरी र छोरी रहेका छन्। प्रहरी जवान निरजको हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।…
Read More
गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

काठमाडाैं । सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई मोरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । श्रम स्वीकृति लिने पहिलो सेवाग्राही मिक्लाजुङ गाउँपालिका–७ का केशव सिग्देल बन्नुभएको छ । उहााले खुसी व्यक्त गर्दै भन्नुभयो, “यसअघि काठमाडौँ र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो ।…
Read More
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास

डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास

महेन्द्रनगर । दोदा नदीको बाढीबाट पीडित लालझाडी गाउँपालिकाका स्थानीयवासीको बास विगत डेढ दशक जङ्गलमा छ । मुलुकमा व्यवस्था परिर्वतन भएर दुई पटक स्थानीय सरकारको अनुभूति पाइसकेका बाढी पीडितको पुनःस्थापना र दोदा नदी नियन्त्रणको दीर्घकालीन योजना बन्न सकेको छैन । केही दिनअघि प्रतिनिधिसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले लालझाडीमा बाढीपीडित २०६५ सालयता जङ्गलमै बास बस्नु परिरहेको जानकारीसमेत गराउनुभयो । राना थारु बाहुल्यता रहेको लालझाडी गाउँपालिका भौगोलिकरुपले जिल्लाकै विकट पालिकामा पर्छ । दोदा नदीले यहाँ हरेक वर्ष नदी कटान तथा डुबान गरिरहेको भए पनि सोको समाधान अझै हुन सकेको छैन । लालझाडी गाउँपालिका–४ का वडाध्यक्ष बहादुर रानाले…
Read More
महोत्तरीमा खानेपानीको सङ्कट

महोत्तरीमा खानेपानीको सङ्कट

महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । “इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो”, बर्दिबास–९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले इनार देखाउँदै भन्नुभयो, “बयलगाडा जोतेर पानी लिन दुई÷तीन किलोमिटर परका बस्तीमा जानुपर्ने दिन आउँदैछन् ।” खानेपानीको सङ्कट व्यहोर्दै आएका पशुपतिनगरका बासिन्दाले यसअघि कयौँ साल बयलगाडा जोतेर पानी ल्याएको सम्झिरहेका छन् । करिब चार हजार जनसङ्ख्या रहेको पशुपतिनगरका सात–आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी इनार…
Read More
Page 268 of 452
1 … 266 267 268 269 270 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.