Share Icon

उमेश दलमी

१४ बैशाख ,काठमाडाैं ।   किसानले उत्पादन गरेका टमाटरले बजार र मूल्य नपाउँदा मलखादमा टमाटर फाल्न बाध्य भएका छन्, यतिखेर खजुराका किसान । खजुरा गाउँपालिका वडा नम्बर २ का किसान लालबहादुर खत्री आफूले उत्पादन गरेको टमाटर बिक्री नभएपछि पाकेको टमाटरलाई मलको रुपमा प्रयोग गर्नतर्फ लागेको बताए । बुधबार मात्रै खत्रीले बोटबाट टिपेको २ सय क्यारेट बारीमा फाले छन् भने अझै उनको बारीमा १ हजार ५ सय क्यारेट टमाटर बोटमै कुहिने अवस्थामा पुगेको छ ।

विगतका वर्षमा पनि खत्रीले यस्तै समस्या भोग्दै आई रहेका छन् । गत वर्ष खत्रीले उत्पादन गरेको टमाटर बिक्री नहुँदा करिब १ हजार क्यारेट टमाटर पाल्नु परेको थियो ।
यो समस्या खजुराका अन्य किसानहरुमा रहेको छ । वडा नम्बर २, वडा नम्बर ३ लगायतका किसानले हरेक वर्ष आफूले उत्पादन गरेको टमाटरले उचित बजार र मूल्य नपाएको उनीहरुको अनुभव रहेको छ ।

भारतीय बजारबाट दिनहु आउने तरकारीका कारण आफूहरुले उत्पादन गरेका तरकारीहरु बिक्री नहुने गरेको किसानहरुको गुनासो रहेको भने स्थानीय सरकारले बजार व्यवस्थापनमा चुकेको उनीहरु बताउँछन् । बजार व्यवस्थापन हुन सक्ने आफूहरुले उत्पादन गरेको तरकारीले जिल्लामा नपुग हुने उनीहरुले बताए ।

 

 

Facebook Comments Box

Share Icon