सोमबार साँझ उड्ने वित्तिकै आगो लागेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ । त्रिभुवन विमानस्थलबाट उडेलगत्तै आगो लागेको उक्त विमानको एउटा इन्जिन फेल भएको बताइएको छ । विमानस्थलले उक्त विमान फोर्स ल्याण्डिङ गर्ने भनिए पनि पाइलटले उडान गन्तव्यतर्फ नै जारी गरेका थिए । कतिपयले भारतको नयाँ दिल्लीमा पुर्याउने भनेर अपुष्ट खवर सार्वजनिक गरेपनि उड्ने वित्तिकै ठूलो आवाजसहित आगो लागेको उक्त विमानलाई पाइलटले सुरक्षित रुपमा गन्तव्यमा पुर्याएका थिए । विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट चरा ठोक्किएको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ । यसअघि सोमबार साँझ फ्लाइ दुबईले…
