समाज

एक दशकमा पनि बनेन टेकुको पुल

एक दशकमा पनि बनेन टेकुको पुल

१७ वैशाख,काठमाडौँ । एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ । तर काठमाडौँमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो तर निर्माण सकिएको छैन । टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९-६० मा सुरु भए पनि हालसम्म समपन्न भएको छैन । पुल निर्माणमा त्रुटि रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात…
Read More
उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

१७ वैशाख,गोरखा । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउप्ााँलिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उहाँले भन्नुभयो,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न पनि धेरै सहज हुने भएको छ ।” सडक निर्माण भएसँगै यहाँ अहिले मोटरसाइकल तथा जिप चल्न थालेको छ। अव यहाँबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर आइपुग्न जम्मा आधा घण्टामात्र लाग्ने अध्यक्ष लामाको भनाइ थियो । “नाक्चेतबाट गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउनका लागि मोटररेबल पुल निर्माण गर्नुपर्ने अवस्था छ,” उहाँले…
Read More
घरसँगै जल्यो गोतामेको सपना

घरसँगै जल्यो गोतामेको सपना

१६ वैशाख,ढोरपाटन । शुक्रबार दिउँसो तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै हुनुहुन्थ्यो । सोही बेला एक्कासि घरमा धुवाँसहित ठूलो आगोको मुस्लो देखियो । गोतामे चिच्याउँदै आफन्तलाई गुहार माग्दै आगो निभाउन लाग्नुभयो तर उहाँको प्रयासलेमात्र आगो निभाउन सकेन। एकै छिनमा हेर्दाहेर्दा घर खरानीमा बदलियो । घरसँगै आगोले भएभरका भाँडाकुँडा, लत्ताकपडा र खानेकुरा सबै जलेर नष्ट भयो । आगोको मुस्लोबाट गोतामेले कुनै पनि सामान बचाउन सक्नुभएन । आर्थिक अवस्था निकै कमजोर रहेका उहाँको घरसँगै गाँस बास, कपास सबै जलेर खरानी बन्यो । दिनभरी घरको आँगनमै आराम गरिराख्नु भएका गोतामे साँझपख घरविहीन हुनुभयो । आगोमा जलेर उहाँको फर्ने एक जोड…
Read More
पहिरोले अरुण नदी थुनियो

पहिरोले अरुण नदी थुनियो

१७ वैशाख,किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उहाँले बताउनुभयो । “टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो”, गोदारले भन्नुभयो । अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ ।…
Read More
टेलिकमको सूचना प्रविधि दिवस अफर

टेलिकमको सूचना प्रविधि दिवस अफर

१७ वैशाख,काठमाडौँ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेजअन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने छ जिबी डाटा, रु एक सय ९९ मा सात दिन चलाउन सकिने १३ जिबी डाटा,…
Read More
दोगडाकेदारमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

दोगडाकेदारमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

१७ वैशाख,बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो । सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय डम्बर कुँवरले बताउनुभयो । टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको छ । उक्त टावरमा समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएकाले छिट्टै समस्या समाधान हुने नेपाल टेलिकम बैतडीको सजित प्याकुरेलले बताउनुभयो ।
Read More
शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे

शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे

१७ वैशाख,गलकोट । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका-४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका-४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माणपछि शालिग्राम दर्शनका लागि आउने पर्यटकको सङ्ख्यामा बढेको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । “हिन्दूधर्मालम्बीका लागि कालो रङ्गको…
Read More
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

१७ वैशाख,काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् । कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ । हाल…
Read More
पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

१७ वैशाख,गण्डकी । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई प्रबोधीकरण गराइएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा प्रवोधीकरण गराइएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्धि, भाषा विकास र विद्यार्थी लक्षित कार्यक्रमका माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउन योगदान पु¥याएको बताउनुभयो । प्रबोधीकरणले शिक्षण सिकाइलाई सहज एवम् प्रभावकारी बनाउन योगदान पु¥याउने उहाँले बताउनुभयो । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले परिवर्तित पाठ्यक्रम तथा…
Read More
पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइयो

पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइयो

१७ वैशाख,टेक्सास । अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ । क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आउनुभएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराउनुभएको हो । साथैं अर्को व्यक्तिगत रुपमा ४२ ईन्च अग्लो निरत्य देवीको मूर्ति पनि सङ्कलन गरिएको छ । फिलिप्सले बुद्धको प्रतिमा नेपाल सरकारका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । ढुङ्गाबाट बनाइएको बुद्धको प्रतिमा आठौँं शताब्दिको र काठबाट बनाइएको निरत्य देवीको प्रतिमा दशौँं शताब्दीमा निर्माण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । निरत्य देवीको प्रतिमा इटम वहाल ललितपुर र बुद्धको प्रतिमा…
Read More
Page 263 of 452
1 … 261 262 263 264 265 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.