बाह्र सय घरधुरी विद्युत्को पहुँचमा
१७ वैशाख,सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युुत्को पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युुत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युुतीकरणको पहुँचमा जोडिएका हुन् । ताँजकोटमा भएका कूल एक हजार दुुई सय घरधुरी पूर्णरूपमा विद्युुतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युुतीकरण भएको ताँजाकोट पहिलो भएको छ । गाउँपालिकामा एउटा विद्युुत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युुत उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । त्यसमा आठ सय ५० घुरधुरी जलविद्युुत्को…
