पहिरोले अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

Share Icon

१७ बैशाख, काठमाडाैं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ।

आइतबार बिहान मकालु गाउँपालिका –३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर ताल बनेको छ। अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको प्रहरी प्रमुख गोदारले बताए।

पहिरोले अरुण थुनिएपछि २ किलोमिटर माथिसम्म ताल बनेको छ। टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको हो। अरुण नदीलाई वहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेल मार्फत अरुण नदी मोडिएको थियो। आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो।

टनेल बन्द भएपछि करिब ७० फुट अग्लो बाँधमा पानी जम्मा भएको छ। पक्की बाँध भएकाले तत्काल बाँध नफुटे पनि लामो समय सम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ। सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ। नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.