समाज

जमुनाहा नाका दुई दिन बन्द हुने

जमुनाहा नाका दुई दिन बन्द हुने

१८ वैशाख,नेपालगञ्ज । नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । मङ्गलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताउनुभयो । यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उहाँले उल्लेख गर्नुभयो । खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको हो । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल,…
Read More
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

१८ वैशाख,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशैभरका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा स्थानमा मेघ…
Read More
सन्दर्भ अन्तर्राष्ट्रिय श्रम दिवस:‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’

सन्दर्भ अन्तर्राष्ट्रिय श्रम दिवस:‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’

१८ वैशाख,काठमाडौँ । मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै अनुदार देखिएको भनी गुनासो गर्नुभएको छ । उहाँहरुले नेपाली श्रमिक क्षेत्रले कानुनीरुपमा धेरै उपलब्धि हासिल गरे तापनि व्यवहारिकरुपमा भने झन प्रताडित रहेको प्रतिक्रिया दिनुभयो । नेपाल टे«ेड युनियन कांग्रेका अध्यक्ष पुस्कर आचार्यले शान्तिपूर्ण वार्ता र संवादबाटै मजदुरका हकहितका माग र मुद्दा उठाइए पनि सरकार र रोजगारदाताबाट आवश्यक चासो नदिएको प्रतिक्रिया दिनुभयो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “वार्ता र संवादबाटै सबै समस्या सुल्झिन्छ भन्ने ढङ्गबाट पहल र प्रयत्न गरिएकामा सरकार र रोजगारदाताले बेवास्ता गरेपछि ट्रेड युनियन आन्दोलनको…
Read More
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

१८ वैशाख,काठमाडौँ । आज एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना दिँदै भन्नुभएको छ, “कामका खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ । स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिकको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि गरेको छ ।” यसैबीच श्रमिक संघ संगठनले श्रम हकअधिकारको…
Read More
कालीपुल बसपार्कमा १६ वर्षपछि टर्मिनल भवन

कालीपुल बसपार्कमा १६ वर्षपछि टर्मिनल भवन

१८ वैशाख,म्याग्दी । बसपार्क सञ्चालन भएको १६ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले करिब रु तीन करोडको लागतमा २८९ दशमलव पाँच वर्गमिटर क्षेत्रफलमा निर्माण गरेको टर्मिनल भवन आइतबार नगरपालिकालाई हस्तान्तरण गरेको छ । विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक विकासराज वन्तले आयोजना प्रमुख सुनिता श्रेष्ठमार्फत आइतबार नवनिर्मित भवन बेनी…
Read More
‘लिफ्टिङ’ गरेर रामपुरतर्फ पानी ल्याइँदै

‘लिफ्टिङ’ गरेर रामपुरतर्फ पानी ल्याइँदै

१८ वैशाख,रामपुर (पाल्पा) । आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको श्रोत नहुँदा रामपुर नगरपालिका ८ का स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ । उनीहरु वर्षौंदेखि खोला किनारका पानी उपभोग गर्न बाध्य छन् । सो स्थानमा खानेपानीको पहुँच पुर्‍याउन अहिले लिफ्टिङ पद्धतिमार्फत काम भइरहेको छ । स्याङ्जा चापाकोट–९ बाट पाल्पा रामपुर–८ का विभिन्न टोल बस्तीमा खानेपानी पुर्‍याउन काम लिफ्टिङ जडानको काम धमाधम जारी छ । कालीगण्डकी नदी पारी चापाकोट नगरपालिका–९ स्थित नदीको किनार फतरामुलको पानी व्यवस्थापन गरी पाल्पा रामपुर ल्याउन लागिएको हो । सिद्धबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निसर्दी खानेपानी तथा उपभोक्ता समितिले कालीगण्डकी पारी रहेको मुलमा बाँध बाँधेर…
Read More
५४ वर्षपछि माध्यमिक तह सञ्चालन

५४ वर्षपछि माध्यमिक तह सञ्चालन

१८ वैशाख,खोटाङ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताउनुभयो । गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताउनुभयो । सो अवसरमा…
Read More
घट्दै निकुञ्जको घाँसे मैदान

घट्दै निकुञ्जको घाँसे मैदान

१७ वैशाख,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो । सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव ६१ प्रतिशतमा सीमित भएको छ । उहाँका अनुसार बासस्थान संरक्षण र व्यवस्थापनका लागि कम्तीमा १० प्रतिशत घाँसे मैदान आवश्यक पर्दछ । निकुञ्जले घाँसे मैदान व्यवस्थापन अन्तर्गत जरासहित रुख उखेल्ने, झारपात सफा गर्ने, अग्लो घाँस ढड्डी काट्ने, नियन्त्रित आगो लगाउने, स–साना पोथ्रा हटाउने, रुखको…
Read More
कपन घटना : निराको हत्याकाे अभियाेगमा पक्राउ परेका विक सार्वजनिक

कपन घटना : निराको हत्याकाे अभियाेगमा पक्राउ परेका विक सार्वजनिक

काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्या गरेकाे अभियाेगमा पक्राउ परेका विनोद विकलाई प्रहरीले सार्वजनिक गरेकाे छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले विकलाई झापाबाट पक्राउ गरेर ल्याएर काठमाडाैंमा सार्वजनिक गरेकाे हाे । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो । वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो । हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान…
Read More
स्टार्फ नर्स मृत फेला

स्टार्फ नर्स मृत फेला

१७ वैशाख,काठमाडौँ । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ । उहाँले कोसी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिनुभयो । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।
Read More
Page 262 of 452
1 … 260 261 262 263 264 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.