समाज

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

१९ वैशाख,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो, “सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हाँै ।” विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत पहिलो विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको चुमानको भनाइ छ । यो परियोजनाअन्तर्गत विद्यार्थीले अदुवा खेतीको सुरुआत…
Read More
‘आइसिटी डे’ मनाइँदै

‘आइसिटी डे’ मनाइँदै

१९ वैशाख,काठमाडौँ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । दिवस मनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्षको मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो । नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले…
Read More
प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

१९ वैशाख,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ । यस वर्ष जन्मिएका घडियाल गोहीहरू वयस्क भएपछि प्राकृतिक बासस्थानमा छाडिने निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । तिवारीका अनुसार हाल प्रजनन केन्द्रमा साना–ठूला सबै गरी छ सय ४० घडियाल छन् । “निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका वयस्क घडियाललाई सन् १९८१ बाट देशका विभिन्न नदीमा लगेर…
Read More
मोहरेडाँडामा खानेपानीको समस्या

मोहरेडाँडामा खानेपानीको समस्या

१९ वैशाख,म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो । समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन । हिउँदमा हिउँ, बर्खामा बलेसीबाट प्लाष्टिकको ड्रममा सङ्कलन गरेर पानीको जोहो गरिएको मोहरेडाँडा सामुदायिक लजका व्यवस्थापक नवीन पुनले बताउनुभयो । “लजबाट करिब छ सय मिटर तल जङ्गलको खोल्सामा रहेको सानो मूलमा दुईवटा एक–एक हजार लिटर क्षमताका ड्रममा पानी जम्मा गरी मोटरले पानी तान्ने गरिएकामा सोलार पावर नपुग्दा…
Read More
पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

१९ वैशाख,तुलसीपुर । दाङका सबै पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै सो नीति बनाएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले स्थानीय तहले ल्याएका स्वास्थ्य नीति प्रभावकारी कार्यान्वयनमा आउन नसकेका जनाइएको छ । “सङ्घीय मन्त्रालयले बनाएको कानुनमा टेकेर प्रदेश र स्थानीय तहले कानुन बनाउनुपर्छ । पहिले स्थानीय तहले बनाएको र पछि सङ्घले मापदण्ड संशोधन गरेकाले हामीले बनाएका कानुन अहिले काम लाग्ने अवस्थामा छैनन्”, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले भन्नुभयो…
Read More
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

१८ वैशाख,काठमाडौँ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ । वसन्त ऋतुको…
Read More
सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत

सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत

१८ वैशाख,ढोरपाटन । बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् । स्थानीयले घरमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रको परिकार बनाएर खानमेत दिन्छन् । पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुने पहुनालाई आयातित मायाको चिनोमा हजारौँ रुपैयाँ खर्च गरिँदै आएका सन्दर्भमा जैमिनीका स्थानीयले स्थानीयस्तरमै उत्पादित वस्तुको प्रयोग गर्न थालेका छन् । यसले उत्पादनको प्रवद्र्धन गरिरहेको छ…
Read More
सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी

१८ वैशाख,काठमाडौँ । नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ । सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । उक्त दूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । यसअघि नै एक नेपाली…
Read More
पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि सरकारले थालेको फोहोर पानी प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द गरिएको छ । सन् २०१३ मा नेपाल सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक स्रोत परिचालनमा सुरु भएको फोहोर पानी व्यवस्थापन आयोजना निर्माण कोभिडको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको थियो । आयोजनाअन्तर्गत पहिलो चरणमा धोबीघाटस्थित प्रतिदिन ३ करोड ७० लाख लिटर, बालकुमारीस्थित कोड्कुमा १ करोड ७५ लाख लिटर, सल्लाघारीमा १ करोड २२ लाख लिटर क्षमताको पानी प्रशोधन गर्ने गरी केन्द्र निर्माणाधीन छ । करिब ४ अर्ब रुपैयाँ लागतमा ‘साफबम’ नामक चिनियाँ निर्माण कम्पनीले सन् २०१७, मे ७ मा…
Read More
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक

दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक

१८ वैशाख,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो । केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको आर्थिक वृद्धिदर अनुमान हेर्दा पहिलो त्रैमास (साउन, भदौ र असोज) मा शून्य दशमलव ३४ र दोस्रो त्रैमास (कात्तिक, मङ्सिर र पुस) मा शून्य दशमलव ७३ प्रतिशतले ऋणात्मक देखिएको हो । तथ्याङ्क कार्यालयले लगानी, उपभोग, बचतलगायतका आर्थिक सूचक हेरेर कूल गार्हस्थ्य उत्पादन अनुमान गर्दै आएको छ । त्रैमासिक कूल गार्हस्थ्य उत्पादनको अनुमान तयार गर्दा मौसमी…
Read More
Page 260 of 452
1 … 258 259 260 261 262 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.