समाज

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

२१ वैशाख,दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् । धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन् । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताउनुभयो । “नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बनाउँदै छ”, उहाँले भन्नुभयो, “हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकासलाई प्राथमिकतामा राखेका छौँ…
Read More
राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

२१ वैशाख,खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । राजापानीस्थित वडा कार्यालय नजिकै रहेको वडाकै पुरानो भवनमा स्थापना गरिएको प्रहरी चौकीको बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उद्घाटन गर्नुभयो । राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै यहाँका नागरिकले शान्ति सुरक्षा महसुस गर्नुका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप…
Read More
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

२१ वैशाख,झापा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिनुभयो । काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उहाँले बताउनुभयो । चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक…
Read More
ठमेलमा अपराध रोक्न एकमहिने अभियान

ठमेलमा अपराध रोक्न एकमहिने अभियान

१९ वैशाख,काठमाडौँ । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा पोलेर वातावरण प्रदूषित गर्ने, सडक बालबालिका, मगन्ते, ठेलागाडीमा सामान बेच्ने, नाङ्लो व्यापारको नाममा ठगी गर्ने गुनासो बढेपछि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले ठमेलभित्र भएको ध्वनि प्रदूषणलाई रोक्नसमेत अभियानले भूमिका खेल्ने बताउनुभयो । परिषद्को टोलीले रातको १० देखि १२ बजेसम्म…
Read More
अमेरिकामा नेपाल चिनाउँदै ह्यारी

अमेरिकामा नेपाल चिनाउँदै ह्यारी

१९ वैशाख,वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुनुहुन्छ, डा ह्यारी भण्डारी । अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहनुभएको छ…
Read More
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

१९ वैशाख,काठमाडौँ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ । आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको हो । मुद्रा कोषको टोलीले गत फेब्रुअरी १५ देखि २८ तारिखसम्ममा नेपाल आएर इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । पहिलो र दोस्रो चरणको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्रा कोषले जनाएको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि नेपालले आएमएफमार्फत इसिएफ ऋण…
Read More
आमाछोरा १७ दिनदेखि बेपत्ता

आमाछोरा १७ दिनदेखि बेपत्ता

१९ वैशाख,तनहुँ । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उहाँका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् । माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताउनुभयो । “आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो । भारतको रोजगारीमा रहनुभएका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किनुभएको हो ।
Read More
जग्गा नापजाँच सुरु भएपछि स्थानीय खुसी

जग्गा नापजाँच सुरु भएपछि स्थानीय खुसी

१९ वैशाखा,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम सुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम सुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । सेतापानीमा विसं २०६१-६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन पाए पनि अहिले नापीको काम नै सुरु हँुदा अब जग्गाधनी पुर्जा पाउने विश्वास भएको स्थानीय यादवकुमारी महतोले बताउनुभयो । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजीमा सेतापानी पुग्नुभएकी महतोले विगतमा बस्ती बस्दा गर्नुपरेको सङ्घर्ष निकै कहालीलाग्दो भएको स्मरण गर्नुभयो । “स्याउलाले…
Read More
मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प

मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प

१९ वैशाख,बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ । बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प रहेको छ । सो क्षेत्र भइ आवात जावत गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ ।
Read More
अवरुद्ध सडक खुलाउन सेना सक्रिय

अवरुद्ध सडक खुलाउन सेना सक्रिय

१९ वैशाख,काठमाडौँ । धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ । उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो । उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ । सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुङ्गा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । अवरुद्ध सडक खुलाउन आज बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो…
Read More
Page 259 of 452
1 … 257 258 259 260 261 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.