समाज

भिरबाट लडेर वृद्धको मृत्यु

भिरबाट लडेर वृद्धको मृत्यु

१८ वैशाख,तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु हुनुभएका उहाँ आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किनुभएको परिवारले जनाएका छन् । भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भिरबाट बाहिर निकालेको थियोे । स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको…
Read More
कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय

कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय

१८ वैशाख,वीरगञ्ज । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट कानुन र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको आभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि बिएएलएलबी र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम तयारी जुटेको छ । त्यसका लागि प्रारम्भिक कार्य पूरा गरी विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले पाठ्यक्रम निर्माण गरिरहेको उपकुलपति दीपक शाक्यले जानकारी दिनुभयो । ‘‘यही शैक्षिक सत्रबाट कानुन र समान्य जनप्रशासन गरी दुई वटा सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उपकुलपति शाक्यले भन्नुभयो, “त्यसका लागि हामी पाठ्यक्रम निर्माणदेखि आवश्यक पूर्वाधार निर्माणको कार्यमा…
Read More
काम नगर्ने चिनियाँ कम्पनीलाई ठेक्का ताेड्ने चेतावनी दिएपनि सरकार अन्तिममा आएर पछि हट्याे

काम नगर्ने चिनियाँ कम्पनीलाई ठेक्का ताेड्ने चेतावनी दिएपनि सरकार अन्तिममा आएर पछि हट्याे

काठमाडाैँ । सरकारले समयमै याेजना पुरा नगर्ने ठेकेदारसँग ठेक्का ताेड्ने चेतावनी दिए पनि अन्तिममा आएर पछि हटेकाे छ । नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले लिए पनि प्रगति नभएपछि गत असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइएकाे थियाे । तर सरकार त्याे बाट अन्तिममा आएर पछि हटेकाे हाे। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति थालिएको सडकमा पछि फेरि ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएको भन्दै आयोजना ठेक्का तोड्नबाट पछि हट्यो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । गत साउन २२ मा निर्णय गरेर पूर्वी खण्डमा ३…
Read More
भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

१८ वैशाख,भोजपुर । प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । विद्यालयले दुई वर्षअघिबाट यहाँ प्राविधिक शिक्षाको थालनी गरेको हो । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवन उपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । शिक्षालाई पराम्परामूखी भन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन…
Read More
विचार : श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता

विचार : श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता

१८ वैशाख,काठमाडौँ । आज श्रमिकका लागि एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने दिन हो, बलिदानीपूर्ण सङ्घर्षका बारेमा चेतना र शिक्षित गर्ने दिन हो । सरोकारवालामा श्रमिकले सडकबाट सामूहिक आवाज सुनाउने दिन हो । श्रमिक अधिकारका लागि सहादत हुने ती सबै श्रमिकलाई सम्झिने दिन हो र भन्ने हो हाम्रो सङ्घर्ष जारी छ । आजभन्दा ठीक एक सय ३७ वर्षअघि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो सहरको हेमार्केट चौकमा मजदुर उत्रिए । सङ्घर्षको मैदानमा मजदुर नेताहरुले शहादत प्राप्त गरे भने उक्त बलिदानीपूर्ण सङ्घर्षका क्रममा थुप्रै घाइते भए, जेल गए तर पनि दमनले सङ्घर्षशील श्रमिकको आवाजलाई…
Read More
वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै

वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै

१८ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९ र ३० गते रात्रि बजार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी तयारी गरिएको र सोहीअनुरुप यही वैशाखको २९ र ३० गते रात्रि बजार लागाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । रात्रि बजार व्यवस्थापन समितिको बैठकले नयाँ पर्वलाई दृष्टिगत गरी २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय…
Read More
आठ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

आठ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

१८ वैशाख,काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताउनुभयो । सङ्घीय सरकारले ठेक्का आह्वान गरेको योजनामा निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उहाँको भनाइ थियो । अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहजरुपमा सवारी साधन हिँड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन् । आर्थिक वर्ष २०७५-२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर…
Read More
मोहिनी एकादशीे पर्व मनाइँदै

मोहिनी एकादशीे पर्व मनाइँदै

१८ वैशाख,काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा दुःख र पापबाट मुक्तिका लागि व्रत गरी मनाइने पर्व यस वर्ष आज मनाइँदैछ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रशङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेता युगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गर्नुभएको थियो । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान्…
Read More
वडा अध्यक्ष धमलाको आफ्नो बर्षभरिको पारिश्रमिक बिधार्थिलाई

वडा अध्यक्ष धमलाको आफ्नो बर्षभरिको पारिश्रमिक बिधार्थिलाई

१८ बैशाख ,काठमाडाैं ।  गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले आफुले वडा अध्यक्ष भएबापत बर्षभरि प्राप्त गरेको सम्पुर्ण सेवा सुविधाबाट आफ्नो वडामा रहेका बिधालयका छात्र छात्राहरुका लागि शैक्षिक सामग्री बितरण गर्नुभएको छ। वडामा रहेको थुमिको गणेश मावि, आर्खेतको गण्डकी मावि, जामुनेको जामुने प्रावि, धारापानिको मनासलु आवि, बांसपुरको भवानि प्राविमा रहेको करिब ४०० बिधार्थिहरु माझ आज बिधालयमैं भव्य कार्यक्रम गरि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेकपा एमाले आरुघाट गाउँसभा दलका नेता तथा वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष राजिव गुरुङ समाजसेवि एवं बुद्विजिविहरु भिम धमला, कृष्ण काप्रि,…
Read More
सारङ्गी संस्कृति लोप हुने चिन्ता

सारङ्गी संस्कृति लोप हुने चिन्ता

१८ वैशाख,अन्नपूर्ण (कास्की) । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ । पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुग्नुभयो । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उहाँलाई निकै याद आउँछ । उहाँ लोक गायक झलकमान गन्धर्वका साथी पनि हुनुहुन्छ । उहाँलाई पछिल्लो समय सारङ्गी वादन हराउँदै जान थालेकोमा चिन्ता लाग्छ । “अहिलेका केटाहरू गीतार, हार्मोनियम, किबोर्ड केके भन्छन् । यस्तै छ सिक्न त्यति सारो रुचि गर्दैनन्”, खिमबहादुरले भन्नुभयो, “सारङ्गी त हाम्रो संस्कृति हो नि । त्यही भएर हराउँछ…
Read More
Page 261 of 452
1 … 259 260 261 262 263 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.