अवरुद्ध सडक खुलाउन सेना सक्रिय
१९ वैशाख,काठमाडौँ । धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ ।
उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो । उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ ।
सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुङ्गा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । अवरुद्ध सडक खुलाउन आज बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो ।
Facebook Comments Box
Related posts:
झापामा हात्ती मृतावस्थामा फेला
आजको मौसम : यी चार प्रदेशका हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु
कर्जामा सीमाभन्दा बढी लगानी गरेका छैनौं, शाखा कार्यालयहरु बन्द गर्न लागेको भन्ने समाचार झुटो हो : एन...
समयानुकूल कानुन बनाउन र कार्यन्वयन गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री आचार्य
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन