गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै
२१ वैशाख,मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किनुहुन्छ । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उहाँ दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त हुनुभएको हो । गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाउनुभएकी उहाँलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ । ताजागाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्चीच्याउ सङ्कलन गर्ने गर्नुभएको छ । गतवर्ष च्याउ बेचेर उहाँले रु ४० हजार कमाउनुभएको थियो । जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ ।…
