समाज

ब्युटिपार्लर जान नपाउँदा आत्महत्या

ब्युटिपार्लर जान नपाउँदा आत्महत्या

 १७ बैशाख ,काठमाडाैं । यसैबीच, गत बिहीबार मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन् । आफूलाई श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् । बिहीबार साँझ कामबाट घरफर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
Read More
वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

१७ वैशाख,चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ । अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो । डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट…
Read More
बोहराटारमा डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी स्टाफ नर्स

बोहराटारमा डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी स्टाफ नर्स

 वैशाख १७ ,काठमाडौं ।  काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। ‘हिजो शव फेला परेको थियो। शव उठिसकेको छैन,’ एसपी रिजालले भने। मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध…
Read More
पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

१७ वैशाख,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिनुभयो । “शिविरमा विभिन्न एक सय ३७ शीर्षकमा पशुवस्तुको उपचार गरिएको थियो”, सूचना अधिकारी डा अर्यालले भन्नुभयो, “सो क्रममा चार सय ११ गाईगोरु, दुई हजार सात सय ८० भाडाबाख्राको उपचार गरिएको हो ।” त्यस्तै रागाभैँसी दुई सय…
Read More
दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

१७ वैशाख,कमलामाई । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो । काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते अवस्थामा रहनुभएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि…
Read More
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

१७ वैशाख,काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाडाँैसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाँै उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडाँै उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा…
Read More
बाँकेमा ४ दिनदेखि बेपत्ता युवतीको शव फेला

बाँकेमा ४ दिनदेखि बेपत्ता युवतीको शव फेला

१७ बैसाख ,काठमाडाैं ।  राप्ती सोनारी १ तितिनघारिमा ४ दिनदेखि बेपत्ता एक युवतिको शव फेला परेको छ । राप्तिसोनारी गाउँपालिका–१ कि २६ वर्षीय अनिता घर्ती मगर हराएको ४ दिनपछि शनिबार मृत फेला परेका हुन्। राप्तिसोनारी गाउँपालिका–१ तितिनघारि स्थित खोज तलास गर्दा सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा जंगलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय कुसुम बाँकेका प्रमुख जङ्ग बहादुरले जानकारी दिए। मृतक मगरका आमाले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । मगर गत बैशाख १३ गते घरबाट बाख्रा गोठालो भनि निस्किएपछि बेपत्ता भएका थिइन ।​मगर को शव पोष्टमार्टमका लागि नेपालगन्ज मिडिकल कलेज अस्पतालमा लगिएको र अनुसन्धान थालिएको…
Read More
जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

१७ वैशाख,जनकपुरधाम । त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ । नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धुमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान हुँदै आए पनि वैशाख शुक्ल नवमीका दिन शनिबार भने जानकी मन्दिरमा विशेष पूजा, दिपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो । तत्कालीन मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह…
Read More
विकट ‘गङ्गटे’मा मन्त्री मास्की पुग्दा..

विकट ‘गङ्गटे’मा मन्त्री मास्की पुग्दा..

१७ वैशाख,तुलसीपुर । दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिनमात्रै बल्यो, त्यसपछि विद्युत् बलेन । अहिले सबैका घर अगाडि विद्युत्का पोल र तार टाँगिए पनि विद्युत् भने पुगेको छैन । सडक सञ्जालको अवस्था पनि निकै नाजुक छ । आधा घन्टामा पुग्नुपर्ने ठाउँमा साढे दुई घन्टा लाग्ने गर्छ । यतिमात्रै होइन, वर्षात्मा कोही बिरामी परे चार घन्टा किउरेनीबाट पैदल हिँडेर कि त हापुरे पुग्नुपर्छ, कि त…
Read More
चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

१७ वैशाख,ओखलढुङ्गा । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।
Read More
Page 265 of 452
1 … 263 264 265 266 267 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.