Share Icon

१७ बैसाख ,काठमाडाैं ।  राप्ती सोनारी १ तितिनघारिमा ४ दिनदेखि बेपत्ता एक युवतिको शव फेला परेको छ । राप्तिसोनारी गाउँपालिका–१ कि २६ वर्षीय अनिता घर्ती मगर हराएको ४ दिनपछि शनिबार मृत फेला परेका हुन्।

राप्तिसोनारी गाउँपालिका–१ तितिनघारि स्थित खोज तलास गर्दा सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा जंगलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय कुसुम बाँकेका प्रमुख जङ्ग बहादुरले जानकारी दिए।

मृतक मगरका आमाले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । मगर गत बैशाख १३ गते घरबाट बाख्रा गोठालो भनि निस्किएपछि बेपत्ता भएका थिइन ।​मगर को शव पोष्टमार्टमका लागि नेपालगन्ज मिडिकल कलेज अस्पतालमा लगिएको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Facebook Comments Box

Share Icon