बोहराटारमा डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी स्टाफ नर्स

Share Icon

 वैशाख १७ ,काठमाडौं ।  काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्।

काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्।

‘हिजो शव फेला परेको थियो। शव उठिसकेको छैन,’ एसपी रिजालले भने।

मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ।

उनीहरू दुबै जना अविवाहित हुन्।

पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध थियो। सम्बन्ध बिग्रिएपछि पासो लगाएको उनले बताए।

अहिले आफूहरू प्रहरी वृत्त बालाजुमा जम्मा भएको पनि उनले बताए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.