Share Icon

१७ वैशाख,गोरखा । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउप्ााँलिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

“रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उहाँले भन्नुभयो,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न पनि धेरै सहज हुने भएको छ ।”
सडक निर्माण भएसँगै यहाँ अहिले मोटरसाइकल तथा जिप चल्न थालेको छ।

अव यहाँबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर आइपुग्न जम्मा आधा घण्टामात्र लाग्ने अध्यक्ष लामाको भनाइ थियो । “नाक्चेतबाट गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउनका लागि मोटररेबल पुल निर्माण गर्नुपर्ने अवस्था छ,”

उहाँले भन्नुभयो,“त्यसका लागि माथिल्लो निकायमा पहल भइरहेको छ । यसअघि जगतसम्म नेपाली सेनाले बाटो पु¥याएको थियो । जगतबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर पुग्न दुई घण्टा लाग्ने गरेको थियो ।

नेपाली सेनाले निर्माण गरेको सडक शुक्रबार गाउँपालिका अध्यक्ष लामा र नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी विनोद पाण्डेले शुभारम्भ गर्नुभएको थियो ।

गाउँपालिकाको केन्द्र नजिकै मोटरबाटो पुगेपछि स्थानीयवासी पनि खुसी भएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो । हाल नेपाली सेनाले बेनीघाट– रुइलाभज्याङ नाकाको सडकखण्ड खोल्ने काम गरिरहेको छ ।

Facebook Comments Box

Share Icon