पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

Share Icon

१७ वैशाख,गण्डकी । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई प्रबोधीकरण गराइएको छ ।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा प्रवोधीकरण गराइएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्धि, भाषा विकास र विद्यार्थी लक्षित कार्यक्रमका माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउन योगदान पु¥याएको बताउनुभयो ।

प्रबोधीकरणले शिक्षण सिकाइलाई सहज एवम् प्रभावकारी बनाउन योगदान पु¥याउने उहाँले बताउनुभयो । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक अध्यापन गराउनका लागि प्रबोधीकरण आवश्यक महसुस गर्दै कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

परिषद्का सल्लाहकार एवम् संस्थापक अध्यक्ष माधवशरण उपाध्याय, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखे, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, महासचिव शिवहरि सुवेदी, सचिव नारायणप्रसाद पराजुली लगायतले प्रबोधीकरणले शिक्षणसिकाइको गुणस्तरीयता अभिवृद्धिमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कास्कीका विभिन्न विद्यालयमा अध्यापनरत दुई सयभन्दा बढी शिक्षकशिक्षिकाको उपस्थिति रहेको उपाध्यक्ष विक्रम पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.