समाज

नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका थिए ।
Read More
चारलेन सडकमै छैन साइकल लेन

चारलेन सडकमै छैन साइकल लेन

२४ वैशाख, राँझा । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो । नेपालगन्ज उपमहानगरपालिका–१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उहाँलाई रा१ख २६१७ नंको टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जानकारी दिनुभयो । साइकलमै यात्रा गर्ने चमार नेपालगन्जको लग्दहवास्थित छोरीको घरबाट पूजामा सहभागी भएर घर फकिँदै गर्दा टिपरले ठक्कर दिएको थियो । नेपालगन्जमा साइकल लेन नहुँदा ठूला सवारीसाधनको ठक्करबाट दैनिकजसो साइकलयात्री दुर्घटनामा पर्ने गरेको उहाँको भनाइ छ । साइकल लेन नहुँदा सर्वसाधारण…
Read More
खानेपानी आयोजना अलपत्र

खानेपानी आयोजना अलपत्र

२४ वैशाख, गोरखा ।  गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालय प्रमुख किरण…
Read More
पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

२४ वैशाख, धनुषा। जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् । शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिइगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पु¥याएका थिए । उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले…
Read More
सशस्त्रका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ

सशस्त्रका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए । राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका थिए। खुकुरी प्रहार गर्नेहरूको परिचय प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आठै जनासँगको बयान सकियो

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आठै जनासँगको बयान सकियो

काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई अस्वीकार गरेको बतइएको छ । सचिव पाण्डे, थापाका सुरक्षा सल्लाहकार राई तथा रायमाझीका छोरा सन्दीपसहित ठगी धन्दामा संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले गएको मंगलवार तत्कालीन…
Read More
अमेरिकाको डिभी नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ ?

अमेरिकाको डिभी नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ ?

काठमाडौं ।  अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको नतिजा सार्वजनिक भएको छ। सन् २०२४ को इडीभी नतिजा सार्वजनिक भएको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी शाखाले जनाएको छ। शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। कसरी हेर्ने नतिजा ? डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्ने शाखाले जनाएको छ। गत अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन्। नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी…
Read More
भारतीय अनुदानमा निर्माण हुन लागेकाे फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास

भारतीय अनुदानमा निर्माण हुन लागेकाे फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुकाे खुम्बु पासाङ्ल्हामु गाउँपालिकाकास्थित निर्माण हुने फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन आयोजनाको आज शिलान्यास गर्नु भएकाे हाे। आयोजनाको शिलान्यास गर्दै भारतीय राजदूत श्रीवास्तवले भारतबाट नेपाललाई निरन्तर सहयाेग भइरहने जानकारी दिनुभयाे । त्यसैगरी हिजाे शुक्रबार भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुकै महाकुलुङ गाउँपालिकास्थित निर्माण हुने न्गोंगा थेक्चोक चोलिङ ध्यान केन्द्रकाे शिलान्यास भएकाे थियाे । सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८…
Read More
राप्ती सोनारी वडा नम्बर ३ मा राँगा चोरी

राप्ती सोनारी वडा नम्बर ३ मा राँगा चोरी

उमेश दलामी बाँकेकाे राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा राँगा चोरी भएकाे छ । शुक्रबार नारायणपुरबाट १० वटा राँगा चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । स्थानीय महेश थारु, जंग बहादुर थारु, जग बहादुर थारु, प्रेम थारु र टिकाराम थारुको गरी १० वटा राँगा राति करिब १:१८ बजे तिर चोरी भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार राँगा चाेरीबाट करिव ६ लाख बराबरको नोक्सानी भएको छ । चोरले राँगा चोरेर ट्रक गाडीमा लोड गरेर लगेको सीसीटीभी फुटेजमा देखिएकाे छ ।
Read More
राप्ती सोनारीमा टोल विकास समितिले नाला सरसफाई गर्दै

राप्ती सोनारीमा टोल विकास समितिले नाला सरसफाई गर्दै

काठमाडाैं । वर्षाको समयमा नाला थुनिएर राप्तीसोनारी गाउँपालिका वडा न २ अगैया जलमग्न हुने देखिएपछि नालाको सरसफाइ गर्न थालिएको छ । नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले टोल समिति मिलेर केही ठाँउमा नालाको सरसफाइ गर्न थालिएको हाे । साताकाे १ पटक प्रत्येक घर धुरीबाट १ जनामा जनशक्ति परिचालन गरेर सरसफाइको काम सुरु गरिएको अगैयाका स्थानीय नारायणले जानकारी दिए । टोल समितिको पहिलो प्राथमिकतामा नाला सफाइलाई राखिएको उनले बताए । उनले आफनो सिमा क्षेत्रमै नाला सरसफाइ गरिएकाे जानकारी दिए । साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ । नाला सरसफाइका लागि बजेट…
Read More
Page 250 of 452
1 … 248 249 250 251 252 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.