समाज

उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

२२ वैशाख, चितवन। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।” उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उहाँले भन्नुभयो, “उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।” सकारले उद्योगीको हितमा काम गर्ने उहाँले बताउनुभयो । आर्थिक तरलताका कारण…
Read More
संखुवासभामा हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

संखुवासभामा हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

२२ वैशाख, काठमाडौं।  संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ । घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए । घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी…
Read More
नक्कली नोटसहित दुईजना पक्राउ

नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट घर भइ हाल काठमाडौंको टोखा बस्ने सम्झना गहतराज र नेपालगन्ज एक्लौनी घर भई हाल बागबजार बस्ने सादाय हलुवाई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले तयारी अवस्थामा रहेका रु १००० को नोट ४९ थान,प्रीन्ट गरेर काट्न बाकी १००० को नोट १२६ थान, तयारी ५०० को नोट २ थान र प्रीन्ट गरेर काट्न बाकी ५०० को नोट ६० थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।…
Read More
स्थानीय तहबाटै छनोट हुँदै

स्थानीय तहबाटै छनोट हुँदै

२२ वैशाख, बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक स्थानीय तहहरुलाई योजना छनोट गर्न माग गरेको छ । प्रदेश सरकारबाट आवश्यक पर्ने योजना छनोट गर्न स्थानीय तहहरुलाई माग गरिएको हो । स्थानीय तहहरुले पठाएका योजनाहरुलाई प्रदेश सरकारले छनोट गर्ने जनाएको छ । योजना छनोटका लागि प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेको छ । प्रदेश सरकारले पहिलो पटक स्थानीयस्तरबाट योजना छनोट कार्य सुरु गरेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेर प्रदेश सरकारले पहिलोपटक योजना माग गरेको हो ।” योजना छनोट गर्न…
Read More
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, एक जनाको अवस्था नाजुक

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, एक जनाको अवस्था नाजुक

२२ वैशाख, काठमाडौं  ।  संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८ माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका छन् । भोटखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बाल कुमार राईका अनुसर चालक सहित ५ जना सवार उक्त हेलिकप्टर एक जनाको अवस्था नाजुक रहेको छ । वडा अध्यक्षले जानकारी दिएकाे तर विस्तृत विवरण नआएको बताए जनाईएकाे छ । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा…
Read More
सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना

सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना

२२ वैशाख, काठमाडौँ। सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । उहाँले भन्नुभयो, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।” माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ । “हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भन्नुभयो ।
Read More
सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

२२ वैशाख, काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले त्यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । “सूचनाको हकको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो, जनताले आफूले खोजेको सार्वजनिक सरोकारका सूचना सजिलै प्राप्त गर्न सक्ने र त्यसको प्रयोगबाट सशक्त बन्ने हो”, मन्त्री शर्माले भन्नुभयो, “ जनताको खबरदारीले मात्र लोकतन्त्र बलियो बन्ने भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्छ ।” सूचनाको हक कार्यान्वयन गर्न जनस्तरमा यसबारे व्यापक जनचेतना जागृत गर्न आवश्यक रहेकामा…
Read More
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । *माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ,’ कार्कीले भने । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो ।
Read More
गण्डकी सरकारलाई पूर्णता दिने तयारी

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

२२ वैशाख , गण्डकी। प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाउनुभएको थियो । सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताउनुभयो । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई÷तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उहाँले भन्नुभयो । मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उहाँको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भन्नुभयो । साठी…
Read More
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

२२ वैशाख, बेनी। धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो । जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा…
Read More
Page 252 of 452
1 … 250 251 252 253 254 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.