Share Icon

२२ वैशाख, काठमाडौं  ।  संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८ माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका छन् ।

भोटखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बाल कुमार राईका अनुसर चालक सहित ५ जना सवार उक्त हेलिकप्टर एक जनाको अवस्था नाजुक रहेको छ ।

वडा अध्यक्षले जानकारी दिएकाे तर विस्तृत विवरण नआएको बताए जनाईएकाे छ ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो ।

Facebook Comments Box

Share Icon