समाज

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व  : ओली

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली

२२ वैशाख,काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको छ । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले सन्देशमा भन्नुभएको छ, “लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्मस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।” उहाँले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता…
Read More
नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

२२ वैशाख, वासिङ्गटन डिसी । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९ पुगेको छ । दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिवलाई दिनुभएको छ । दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसङ्घलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताउनुभएको छ । सन् १९६८ मा स्वतन्त्र मुलुकको…
Read More
मापसे चेकिङमा तिब्रता दिदै कुसम ट्राफिक प्रहरी

मापसे चेकिङमा तिब्रता दिदै कुसम ट्राफिक प्रहरी

२१ बैशाख ,काठमाडाैं ।  दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा अस्थाई ट्राफिक पोष्ट कुसुमले मादक पदार्थ सेवन ९मापसे० चेकिङमा कडाइ गरेका छन् । दुर्घटनाको प्रमुख कारण मापसे भएकाले यसको न्यूनीकरणका लागि मापसे चेकिङमा कडाइ गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख तिलक बहादुर सुनारले जनचेतनामूलक कार्यक्रमसँगै बाँकेका सबै ट्राफिक कार्यालय र यूनिटहरुलाई निर्देशण भएकोले अस्थाई ट्राफिक पोष्ट कुसुममा मापसे चेकिङलाई तिब्रता दिएको अस्थाई ट्राफिक पोष्ट कुसुमका इन्चार्ज प्रकाश वि।कले जानकारी दिएका छन् । मुख्य गरि पूर्व पश्चिम सडकखण्डमा मापसे चेकिङलाई प्राथमिकता दिइएको छ । ईलाका प्रहरी कार्यालय कुसुम र अस्थाई ट्राफिक पोष्ट कुसुमको संयुक्त प्रयासमा मापसे चेकिङमा…
Read More
देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

२२ वैशाख , काठमाडौँ । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।…
Read More
सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा

सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा

२२ बैशाख ,काठमाडाैं ।   सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा संखुवासभा स् संखुवासभाको भापोखरी गाउँपालिकामा संचालन भएको निस् शुल्क स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले सेवा लिएका छन्। सभापोखरी गाउँपालिका संखुवासभाको आयोजनामा र सहयोगि सस्था नेपाल नेत्र ज्योती संघ तेजरत्न आँखा अस्पतालको आयोजनामा नाक तथा कान रोग,पाठेघरको क्यान्सर,पाठेघर खसेको लगायत रोगका बिरामीहरुको उपचार गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले जानकारी दिए। अध्यक्ष लिम्बुका अनुसार बिशेष डाक्टरहरुद्वारा जनरल सेवा तथा मुटु रोग,मधुमेह,उच्च रक्तचाप साथै रगत सम्बन्धी विभिन्न नसर्ने रोगहरुको परिक्षण, दिशा,पिशाब,खकार सहित प्रयोगशाला सम्बन्धी सेवहरु संचालन साथै सम्बन्धित समस्याको औषधि र ४० बर्ष माथिका उमेर…
Read More
घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

२ वैशाख ,नवलपुर। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी ९ बर्दघाट–सुस्तापूर्व को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो । दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्वद्र्धनका विविध आयामलाई समेट्दै देवचुली–१७ को पिप्रहरमा काव्य उत्सव हुन लागेको हो । स्थानीय सञ्चार संस्था ह्याप्पी एफएमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दीपेश…
Read More
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

चितवन । व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । रातिनै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए । भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन् । रुङ्गटा…
Read More
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

२२ वैशाख,बैतडी । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो । टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उहाँले भन्नुभयो, “टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ ।” टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइने प्रहरी…
Read More
नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग

नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग

२२ वैशाख, काठमाडाैँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, “मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ ।” सार्वजनिक निकायको सूचनाको हकको कार्यान्वयन गरे नगरेको अनुगमन गर्न नेपाल सरकारले सङ्घ, प्रदेश र जिल्लास्तरमा…
Read More
बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह

बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह

२२ वैशाख, रुपन्देही । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ । शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिनुभयो । बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले गठन गरेका मूल व्यवस्थान समिति र विभिन्न उपसमिति सक्रिय छन्…
Read More
Page 254 of 452
1 … 252 253 254 255 256 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.