रौतहटको होटलमा यौन धन्दा : एउटै होटलबाट दुई युवती र पाँच पुरुष पक्राउ
काठमाडाैं । रौतहटमा अवैध यौन गतिविधिमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडास्थित अनिता होटेल एन्ड लजमा अवैध यौन क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुई युवती र पाँच पुरुष रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय (गरुडा) को संयुक्त टोलीले बुधबार होटलमा छापा मारेको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय (गरुडा) को हिरासतमा राखेर प्रहरीले जिल्ला अदालतबाट एक साताको म्याथ थप गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
