अमेरिकाको डिभी नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ ?

Share Icon

काठमाडौं ।  अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको नतिजा सार्वजनिक भएको छ।

सन् २०२४ को इडीभी नतिजा सार्वजनिक भएको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी शाखाले जनाएको छ।

शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ।

कसरी हेर्ने नतिजा ?

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्ने शाखाले जनाएको छ।

गत अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन्।

नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.