मन्त्री बन्दै कांग्रेस सांसद सुरेन्द्र आचार्य

Share Icon

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्ने भएका छन् । उनलाई वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो ।

उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । राष्ट्रपतिको कार्यालयका अनुसार दिउँसो साढे १२ बजे शपथ कार्यक्रम हुनेछ ।हाल सो मन्त्री रहेका महिन्द्र राय यादवको भने मन्त्रालय परिवर्तन हुने भएको छ ।

यसअघि यही वैशाख २१ गते कांग्रेस सांसदहरू धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्रीको शपथ लिएका थिए।

यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.