डोको बुनेरै बित्यो ५० वर्ष
२५ वैशाख, गलेश्वर। म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर९माइला० सार्की एकापसमा परिचित हुनुहुन्न तर उँहाहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गर्नुभएको छ । उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थाल्नुभएका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन । उहाँकोे जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो बुनेरै उहाँहरूले जीवन गुजारी रहनुभएको छ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयाँसँग खेल्दै उहाँहरूको समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ््यौलीले कुप्रिएको छ…
