समाज

बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु

बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु

२६ वैशाख, सर्लाही । बागमती नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । नगरभित्रका २५ वटै सामुदायिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेर हरित बनाउने अभियान सुरु गरिएको नगरपालिकाको नगर शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार “बागमती नगरको अभियान,हरित विद्यालय प्राङ्गण”भन्ने मूल नाराकासाथ नगरका सबै सामुदायिक विद्यालयको प्राङ्गणमा फलफूल र अन्य हरियाली हुने बिरुवा रोपिएको हो । नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यावस्थापन समिति र नगरका जनप्रतिनिधिको सहभागीतामा बागमती नगरपालिका २ मा रहेको जनवाल कल्याण माविको प्राङ्गणमा वृक्षरोपण गरेर अभियान सुरु गरिएको नगर प्रमुख भरतकुमार थापाले जानकारी…
Read More
उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : मन्त्री बस्नेत

उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : मन्त्री बस्नेत

२६ वैशाख, काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ । एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो । “मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, उनीहरूलाई काम गर्ने वातावरण दिइएन भने देशको विकासले फड्को मार्न सक्दैन, सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छ”, मन्त्री बस्नेतले भन्नुभयो । पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उहाँले कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न…
Read More
पक्की पुलको विकल्पमा बेलिब्रिज निर्माण गरिने

पक्की पुलको विकल्पमा बेलिब्रिज निर्माण गरिने

२६ वैशाख, जाजरकोट। पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल ९मध्यपहाडी० लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिनुभयो । भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको उहाँको भनाइ छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो । पुष्पलाल ९मध्यपहाडी० लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ । सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै रु…
Read More
बेपत्ता पराजुली मृत फेला

बेपत्ता पराजुली मृत फेला

२६ वैशाख, ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता हुनुभएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला पर्नुभएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मानसिकरुपमा सामान्य अस्वस्थ रहनुभएका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किनुभएका पराजुली उक्त समयदेखि नै बेपत्ता हुनुभएको थियो । पिसाब फेर्न निस्किनुभएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको…
Read More
मकैको खोस्टाबाट टोपी र झोला

मकैको खोस्टाबाट टोपी र झोला

२६ वैशाख ,डुम्रे । तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उहाँको भनाइ छ । “गाउँघरमा प्रशस्त पाइने मकैको खोस्टा खेर गइरहेको वस्तु हो, गाईवस्तु भए दिने नत्र त्यसै पोलेर खेर जाने वस्तुको उपयोग गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “विभिन्न तालिम तथा सीप सिके पनि बजारको व्यवस्थापन गर्न सकस…
Read More
दुर्गमको व्यथास् विद्यालय पुग्न चार घन्टा पैदल

दुर्गमको व्यथास् विद्यालय पुग्न चार घन्टा पैदल

२६ वैशाख, गलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएका छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुङ्खानीमा अध्ययन गर्दै आउनुभएको छ । भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ । छन्त्यालका अनुसार…
Read More
‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

२६ वैशाख ,काठमाडौँ । साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा ९एमाले०का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्नुहुँदै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ । साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको बताउनुभयो । यलो सुइटमाथि टिप्पणी गर्दै साहित्यकार डा विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताउनुभयो । राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताउनुभयो । लेखिका भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखे–भोगेका कुरालाई उतारिएको बताउनुभयो । उहाँले कठघरा माओवादी…
Read More
गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

२६ वैशाख, भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो । सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागत साझेदारीमा काम भइरहेको छ । यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण गरेर निर्माणको काम अघि…
Read More
निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि

निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि

२६ वैशाख, स्वर्गद्वारी, । प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् । प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ । नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विसं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिकसत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिनुभयो । विद्यालयमा शिक्षक÷अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन् । तर अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका…
Read More
राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता गराउन माग

राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता गराउन माग

२६ वैशाख, रुपन्देही । राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै तिलोत्तमामा आयोजित महिला मञ्च २०८० सम्पन्न भएको छ । मञ्चले १४ बुँदे घोषणापत्र जारी गरी राज्यका हरेक संरचनामा विशेष व्यवस्था गर्दै समानुपातिक समावेशी प्रतिनिधित्व कायम गर्न, सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन, महिलालगायत सबै सीमान्तकृत समूहको न्यायमा पहुँच बढाउन र असमान शक्ति सम्बन्धको अन्त्य गर्न माग गरेको छ । संसद्मा पेस भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न घोषणापत्रमार्फत माग गरिएको छ । द्वन्द्व प्रभावितको न्यायको सुनिश्चितता गर्न माग गरिएको महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा रेणु अधिकारीले जानकारी दिनुभयो । राजनीतिक, आर्थिक, सामाजिक…
Read More
Page 246 of 452
1 … 244 245 246 247 248 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.