दुर्गमको व्यथास् विद्यालय पुग्न चार घन्टा पैदल

Share Icon

२६ वैशाख, गलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो ।

गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएका छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुङ्खानीमा अध्ययन गर्दै आउनुभएको छ ।

भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ । छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान दुई घन्टा र बेलुका दुई घन्टा हिँडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको बताउनुभयो ।

“बिहानै उठेर विद्यालय हिँड्नुपर्छ, बेलुका घर पुग्दा साँझ परेको हुन्छ, हिँड्दाहिँड्दै थाकिन्छ, गृहकार्य गर्ने समय नै हुँदैन, दिउँसो खाजा खाने समयमा गृहकार्य गर्ने गरेकी छु, विद्यालय टाढा हुँदा अतिरिक्त क्रियाकलाप गर्न सकिँदैन, १० कक्षामा अतिरिक्त कक्षा सुरु भएपछि घरबाट विद्यालय आउन भ्याइँदैन यही कोठा खोजेर अध्ययन गर्न बस्ने हो”, छन्त्यालले भन्नुभयो, “परीक्षाको समयमा विद्यालयले नै यही राख्ने व्यवस्था मिलाउने छ, अघिपछि बस्नु परे कोठा भाडामा लिएर बस्नुपर्दछ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.