समाज

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो

२७ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उहाँकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव ९तत्कालीन गृहसचिव० टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश…
Read More
मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

२७ वैशाख, गलकोट । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो । स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर ९खाम० भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ । आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिनुभयो । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर…
Read More
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

२७ वैशाख, काठमाडौँ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Read More
मनाङमा चार महिनामा आठ हजार पर्यटक

मनाङमा चार महिनामा आठ हजार पर्यटक

२७ वैशाख, मनाङ। हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय ९एक्याप० मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक सय ६३ महिलाले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्याङ्क छ । कोभिड–१९ को…
Read More
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई प्रहरी परिसरमा ल्याएका छौं ।’ काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको…
Read More
१५ दिनभित्र आइसीपीको काम सक्न भारतीय राजदुतको निर्देशन

१५ दिनभित्र आइसीपीको काम सक्न भारतीय राजदुतको निर्देशन

काठमाडाैं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल–भारत सीमाको जमुनाह नाका छेउमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको सोमबार अनुगमन गरेका छन् । एकीकृत जाँच चौकी नेपाली भूमिमा निर्माण भैरहेपनि पूर्वाधार निर्माण भने भारतले गरिरहेको छ । निर्धारित समयमा निर्माण पूरा नभएको एकीकृत भन्सार जाँच चौकीको अनुगमन गर्दै राजदुत श्रीवास्तवले १५ दिनभित्र महत्वपूर्ण सेटअप कामहरू सक्न ठेकेदारलाई निर्देशन दिएका छन् । अनौपचारिक भ्रमणका क्रममा एकीकृत भन्सार जाँच चौकी पुगेका उनले काम तत्कालै सक्नका लागि निर्माण पक्षलाई निर्देशन दिएका हुन् । नेपाल तर्फबाट एकीकृत भन्सार जाँच चौकीका लागि गर्नुपर्ने काम सकिएको छ भने विद्युत फिडरको काम भने बाँकी रहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन…
Read More
रसुवा नाकाबाट तस्करी गर्ने चिनियाँ पक्राउ

रसुवा नाकाबाट तस्करी गर्ने चिनियाँ पक्राउ

काठमाडाैं । रसुवा नाकाबाट तस्करी गर्ने एक चिनियाँ पक्राउ परेका छन् । रसुवा प्रहरीले गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेबाट भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइल ३ थान र आइफोनको लोगो भएको आइफोनको ब्याट्री १५ थानसहित राहदानी नम्बर इइ ७७७५४३३ बाहक २७ वर्षीय चेन जुनसानलाई सोमबार दिउँसो पक्राउ गरेको हाे । ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा भन्सार छलि ल्याएको करिब ४ लाख ७३ हजार रुपैयाँ बराबरको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो । बरामद सामानसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको छ ।
Read More
चीनले कैलाश मानसरोवर जाने तीर्थयात्रीमाथि लगायाे कडा नियम

चीनले कैलाश मानसरोवर जाने तीर्थयात्रीमाथि लगायाे कडा नियम

काठमाडाैं । चीनले कैलाश मानसरोवर भ्रमण गर्न चाहने तीर्थयात्रीहरूकाे लागि कडा नियम लगाएपछि निरूत्साहित भएका छन् । बेइजिङले तीन वर्षपछि केही नेपाल–चीन सीमानाका खाेलेकाे छ । तर धेरै प्रतिबन्धहरू लगाएकाेले यात्रालाई कठिन बनाएको छ। पवित्रस्थल कैलाश मानसरोवर भ्रमण गर्न चाहने तीर्थयात्रीहरू बीचको उत्साह निराशामा परिणत भएको छ किनभने कडा नियमहरू मूलतया आगन्तुकहरूलाई टाढा राख्नको लागि हो जस्तो देखिन्छ । टच कैलाश ट्राभल एन्ड ट्रेक्सका प्रबन्ध निर्देशक बासु अधिकारीले भने, “जब हामीले नियमहरूको लामो सूची देख्यौं, त्यो भारतीय र नेपाली दुवैलाई झन्झटले भरिएको थियो।' कैलाश मानसरोवर यात्राका लागि विदेशी तीर्थयात्रीहरू विशेष गरी भारतीयहरूको प्रवेशलाई नियन्त्रण गर्नका लागि जटिल नियमहरू बनाइएको नेपाली…
Read More
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ :  मन्त्री शर्मा

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा

२६ वैशाख,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताउनुभएको छ । तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता सम्भव नहुने उल्लेख गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्भव छ, अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ, तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण सङ्घर्ष गर्नुपरेको थियो ।” लोकतान्त्रिक गणतन्त्रमा अधिकारको हनन गर्नु दण्डनीय…
Read More
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

२६ वैशाख, काठमाडौँ ।  वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट…
Read More
Page 245 of 452
1 … 243 244 245 246 247 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.