समाज

पेस्तोलसहित एक पक्राउ

पेस्तोलसहित एक पक्राउ

२७ वैशाख, नेपालगञ्ज ।  बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत बरामत भएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
Read More
गाउँबाटै श्रमस्वीकृति

गाउँबाटै श्रमस्वीकृति

२७ वैशाख, बलेवा । बागलुङ जिल्लाको ताराखोला, काठेखोला र बडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन् । गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन् । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि दङ्ग छन् । यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । गाउँबाटै श्रम स्वीकृति पाउँदा वैदेशिक रोजगारीमा जाने युवाहरु उत्साहित भएको बडिगाडका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । वैशाखको पहिलो सातादेखि नै सेवा सुरु गरेको गाउँपालिकामा मङ्गलबार पहिलो पटक जापान जाने युवाले पुनः श्रम स्वीकृति लिएका…
Read More
पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो

पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो । बुधबार बिहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।
Read More
बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ :  मुख्यमन्त्री कार्की

बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

२७ वैशाख, विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि सङ्कलनमा कमी आउनुले समस्या उत्पन्न भएको बताउनुभयो । राजस्व सङ्कलनको स्थिति यथावत् रहेमा बजेट कम आकारको बन्ने उहाँको भनाइ छ । उहाँले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने अवस्था देखिएको भन्दै स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्रै लगानी गर्न सुझाव दिनुभयो । सङ्घीयता बलियो बनाउन विगतका…
Read More
४६ वर्षपछि जग्गाधनी पुर्जा १

४६ वर्षपछि जग्गाधनी पुर्जा १

२७ वैशाख, काभ्रेपलाञ्चोक ।  धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका दुईसय ३० परिवार ४६ वर्षपछि ‘जग्गाधनी’ बनेका छन् । स्थानीय नागरिकले जग्गा नापी भएको ४६ वर्षपछि जग्गाको पुर्जा प्राप्त गरेका हुन् । तत्कालीन अवस्थामा स्थानीयले ‘किसान आन्दोलन’ तथा ‘भर्पाइ आन्दोलन’ गरेका कारण राजनीतिकलगायत अन्य कारणबाट ती नागरिकले विसं २०३४ मा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन् । यसयता विसं २०५४ का जनप्रतिनिधिले उनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव नभएको नगरप्रमुख आशोककुमार ब्यान्जु श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसपछि बनेपा, पनौती र धुलिखेल नगरको सिमाङ्कन विवाद जनाउँदै पुर्जा वितरण हुन दिइएन ।” उहाँका अनुसार पुर्जा नहुँदा स्थानीय सरकारको विशेष निर्णय…
Read More
गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

२७ वैशाख, धादिङ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५ वितरण गरिएको कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिनुभयो । किसानले रु १३ हजार नौ सय तिरेर अनुदानमा पाएका सात हर्सपावरका पेट्रोलबाट चल्ने मिनीटिलर वडा नं ८ मा एक सय १२ जनालाई, वडा नं ७ मा चारलाई, वडा नं १ मा तीनलाई र वडा नं ५ मा १६ जनालाई वितरण गरिएको छ । यसैगरी किसानले रु २४ हजार दुई सय ५० तिरेर डिजेल इन्जिन सात हर्सपावर क्षमताको वडा नं…
Read More
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

२७ वैशाख, म्याग्दी । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए । सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी…
Read More
पत्रकार महिलाको मेची–महाकाली साइकलयात्रा

पत्रकार महिलाको मेची–महाकाली साइकलयात्रा

२७ वैशाख, झापा । दलितमाथि हुँदै आएका सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ । यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गर्नुभएको थियो । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरूले यात्रा पूरा गर्नुभएको हो । रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुनुहुन्छ । अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुनुहुन्छ । ‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ नाराका साथ तीनैजनाले…
Read More
मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

२७ वैशाख, मुगु । अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन । यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की ९४००, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए । उनीहरुको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका…
Read More
प्रेस युनियन महोत्तरीमा सिंह सर्वसम्मत

प्रेस युनियन महोत्तरीमा सिंह सर्वसम्मत

२७ वैशाख, महोत्तरी ।  नेपाल प्रेस युनयिन महोत्तरीको सातौँ जिल्ला अधिवेशनले सन्तोषकुमार सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मङ्गलबार बर्दिबासमा सम्पन्न युनियनको अधिवेशनले वैद्यनाथ चौधरी, रीता सापकोटा, नवीन चौधरी, दिनेश्वर महतो र यशोदा बस्नेतलाई क्रमशः उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव चयन गरिएको छ । यसैगरी धर्वेन्द्र यादव, शौरभराज सिंह, नवीनकुमार नवल, ललन मण्डल, रञ्जित कापर, लक्ष्मीकुमार साह र मञ्जितकुमार राम सदस्यमा चयन भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय प्रतिनिधि अजित तिवारीले शपथ गराउनुभयो । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्री, मधेस प्रदेश समिति सदस्य अजयकुमार साहलगायतको अधिवेशनमा सहभागिता…
Read More
Page 244 of 452
1 … 242 243 244 245 246 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.