बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै
२९ वैशाख, लुम्बिनी । सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ । बुटवलमा यस किसिमको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएकोे सम्भवतः पहिलो हो । सम्मेलनमा देशभरका करिब एक सय पार्कबाट एक सय ५० देखि एक सय ६० जनासम्म प्रतिनिधि सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० को अगुवाइमा आगामी जेठ ६ र ७ गते आयोजना गरिने सम्मेलनको तयारीका लागि छलफल गरिएको सम्मेलनका सदस्य–सचिव अनन्त सिलवालले जानकारी…
