समाज

पाथीभरा जाने पदमार्गमा फाइबरुको छहारी

पाथीभरा जाने पदमार्गमा फाइबरुको छहारी

३१ वैशाख, फुङ्लिङ ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस ९छाहारी० लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रलयबाट रु ५० लाख र पाथीराभरा क्षेत्र विकास समितिको रु ४० लाख गरी रु ९० लाख खर्च हुने भएको उहाँको भनाइ छ । पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो । यसअघि पाथीभरा…
Read More
जङ्गली हात्ती रोक्न संयुक्त गस्ती

जङ्गली हात्ती रोक्न संयुक्त गस्ती

३१ वैशाख, झापा । भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेका वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो । उहाँले दैनिक भारततर्फबाट बाहुनडाँगीको विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पु¥याउन थालेका छन् । बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन् । “घेरबार मर्मत गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर हात्तीले भत्काएर बस्ती…
Read More
तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी

३१ वैशाख, बेदकोट । महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन् । कोही तरभुजा तौलिनमा व्यस्त देखिन्छन् । तरभुजाको मोलमोलाइ पनि चलिरहेकै छ । यहीँ भीडमा तरभुजा बिक्री गरिरहेको भेटिनुभयो, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना । उहाँले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा तरभुजा खेती…
Read More
राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

३१ वैशाख,राँझा । बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पु¥याएको छ । तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गर्दै आए पनि निर्माण हुनसकेको छैन । भत्किएको तटबन्धन तत्काल मर्मत नगरिए त्यस आसपासका छ गाउँ डुबानमा पर्ने लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताउनुभयो । उहाँले भन्नुभयो, “भत्किएको तटबन्धन…
Read More
वन डढेलो र आगलागिका घटना बढ्दै

वन डढेलो र आगलागिका घटना बढ्दै

३१ वैशाख,काठमाडौँ । आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् । प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिनुभयो । आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना…
Read More
पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

३१ वैशाख, काठमाडौँ । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताउनुभयो । उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म…
Read More
आज बालबालिकालाई नियमित खोप लगाइँदै

आज बालबालिकालाई नियमित खोप लगाइँदै

३१ वैशाख, काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिनुभयो । यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उहाँका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ । मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन…
Read More
खरका छाना हटाइयो

खरका छाना हटाइयो

३१ वैशाख, रोल्पा । रोल्पाका तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार एक सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि सङ्घीय र स्थानीय सरकारले रु १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सु्क्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् । रोल्पा नगरपालिकामा एक हजार दुई सय ३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म छ सय ७८ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट दुई सय ३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट चार सय ४६ घरको छाना फेरिएको…
Read More
सिरहाको औरहीमा ग्राम उद्योग भवनको शिलान्यास गरे राज्यमन्त्री यादव

सिरहाको औरहीमा ग्राम उद्योग भवनको शिलान्यास गरे राज्यमन्त्री यादव

सिरहा । मधेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले ग्राम उद्योग केन्द्रको शिलान्यास गरेका छ्न। सिरहाको औरही गाउँपालिका ५ स्थित प्रहरी चौकी नजिकै ग्राम उद्योग भवनको शुक्रबार एक कार्यक्रमबिच उद्योग केन्द्रको लागि भवनको शिलान्यास गरिएको छ । मधेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले आफ्नो संसदीय कोषको बजेटबाट ग्राम उद्योग भवन निर्माण गर्न लागेका हुन् । उक्त भवनको आज राज्यमन्त्री यादव, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र उपाध्यक्ष रेणु कुमारी यादवले संयुक्त रुपमा शिलान्यास गरे । उक्त भवन निर्माणका लागि राज्यमन्त्री यादवले संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ बजेट छुट्याएको जनमत पार्टीका नेता दिलिप यादवले…
Read More
सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

२९ वैशाख,पर्वत । लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतकोे जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी एक साताभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर निर्माण सेवालाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग गरिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । उक्त सडकमा गण्डकी प्रदेश सरकारले चार वर्षअघि नमूना सडक कार्यक्रमअन्तर्गत स्तोरन्नतिसहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो । पटक पटक योजना सम्पन्न गर्न म्याद थप भएता पनि हालको मितिसम्म लिखित, मौखिक तथा फोन सम्पर्क गर्दा…
Read More
Page 240 of 452
1 … 238 239 240 241 242 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.