समाज

‘प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइने

‘प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइने

२ जेठ, भरतपुर । चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न विभिन्न प्याकेज अघि बढाउने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकलाई चितवनको बसाइ लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यको प्रवद्र्धनमा होटल व्यवसायीले सघाउने बताउनुभयो । “चितवनका लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक…
Read More
रेशम चौधरीको मुद्दामा आज पनि सुनुवाइ, पाउलान् त सफाइ ?

रेशम चौधरीको मुद्दामा आज पनि सुनुवाइ, पाउलान् त सफाइ ?

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको मुद्दामा आज पनि अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इसलासमा मुद्दाको सुनुवाइ हुनेछ । सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय भट्टराई र सुवेदीको इजलासमा सुरु भएको सुनुवाइ नसकिए पछि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज पनि सुनुवाइ हुनेछ । आज सुनुवाइ सकिएमा आजै फैसला आउने सम्भावना छ । चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् । उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।…
Read More
मधेश प्रदेशको सबै वडाका किसानलाई यी १५ तालिम, सल्लाह दिन किसानलाई कृषिमन्त्रीको आग्रह

मधेश प्रदेशको सबै वडाका किसानलाई यी १५ तालिम, सल्लाह दिन किसानलाई कृषिमन्त्रीको आग्रह

जनकपुरधाम । मधेश प्रदेशका कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश प्रदेशको सबै वडाका किसानहरुलाई कृषि तालिम दिने योजना ल्याएका छन् । आगामी आर्थिक बर्ष २०८०/८१ को लागि मधेश प्रदेशको १२ सय ७० वडाका किसानहरुलाई अन्न, साग, सब्जी, दुधजन्य उत्पादन सम्बन्धी तालिम दिने भएको छ । यसका लागि किसानहरुले चाहेको तालिमको बारेमा सल्लाह दिन कृषि मन्त्री कुशवाहाले आग्रह गरेका छन् । मधेश प्रदेशको ८ वटै जिल्लाका सबै वडाबाट कम्तीमा ४ ४ जना किसानलाई सहभागी गराउँदै उनीहरुलाई उत्तम उब्जनीको लागि अग्रसर गर्ने लक्ष्य रहेको छ । मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि ब्यवसाय तालिम केन्द्रबाट अगामी आर्थिक वर्षका…
Read More
भीआईपी अभियुक्तहरु कस्तो छ ‘हिरासत’ बसाई ?

भीआईपी अभियुक्तहरु कस्तो छ ‘हिरासत’ बसाई ?

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य १० जनासमेत अनुसन्धानकै क्रममा हिरासतमा छन् । सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ । प्रहरीले…
Read More
दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत

दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत

झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी) को सोमबार भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो । बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए । बैठकपश्चात् जानकारी दिँदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताए । उनले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय स्तरमासमेत मुद्दा चल्न सक्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय स्तरमासमेत मुद्दा चल्न सक्ने

काठमाडौं । उच्च तहका नेता र कर्मचारी समेत जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय विषय बनेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथि राष्ट्रिय कानून सँगसँगै अन्तराष्ट्रिय कानून पनि आकर्षित हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत मुद्दा चल्न सक्ने कानून व्यवसायीहरु बताउँछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, खाँणका स्वकीय सचिव इन्द्र केसी, रायमाझीका पुत्र सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहाकार ईन्द्रजित राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत १३ जना प्रहरी हिरासतमा छन् । हाईप्रोफाईल नेतादेखि गृहप्रशाशन नै मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको गम्भीरता र यसको…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नबोल्न दबाब दिएको उनीमाथि आरोप छ । खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।
Read More
राप्ती सोनारी गाउँपालिकामा नागरिक आरोग्य समूह गठन

राप्ती सोनारी गाउँपालिकामा नागरिक आरोग्य समूह गठन

उमेश दलामी २ जेठ,  बाँके । बाँकेको राप्ती सोनारि गाउँपालिकामा साेमबार नागरिक आरोग्य कार्यक्रम सम्पन्न हुनुकाे साथै पालिकास्तरमा नागरिक आरोग्य समूह गठन पनि भएकाे छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक पार्न आम नागरिकलाई शारीरिक, मानसिक र अध्यात्मिक रुपमा स्वस्थ एवम् सवल बनाई विश्वव्यापी रुपमा फैलिँदै गएको सर्ने तथा नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा स्वस्थ जीवनशैली, योगासन, प्रणयाम, ध्यान, सकारात्मक जीवनशैली,स्थानीय जडिबुटीको परिचय, प्रयोग, रोपण एवम संरक्षण साथै आयुर्वेद स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा लगायतका विषयमा छलफल भएको थियो । प्रमुख अतिथि  गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले पालिकाको आफ्नै आयुर्वेद तथा…
Read More
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

काठमाडाैं । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको वैशाख १७ गते सहकारीबाट रु ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्र्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो । उनीहरुको साथबाट नगद रु पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताउनुभयो । उनीहरुलाई…
Read More
हनुमानस्थानमा रहेको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

हनुमानस्थानमा रहेको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ । हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनमा महानगरले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेका अनुसार पटकपटक जानकारी गराउँदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको हो । संघका व्यक्तिहरूले भने बिना जानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए ।
Read More
Page 238 of 452
1 … 236 237 238 239 240 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.