समाज

ग्रिनसिटी अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधी, विरामीको मृत्युपछि खुल्यो रहस्य

ग्रिनसिटी अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधी, विरामीको मृत्युपछि खुल्यो रहस्य

काठमाडौं । बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीले म्याद गुज्रेको (डेट एक्सपायर) औषधी विक्री गर्ने गरेको रहस्य खुलेको छ । फोक्सोमा पानी जमेका कारण उपचारका लागि गत आइतबार अस्पताल पुगेका गोरखाका ६२ बर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएपछि उक्त रहस्य खुलेको हो । बिरामीको मृत्युको विषयलाई लिएर सोमबार दिउसो आफन्तले फार्मेसी समेत तोडफोड गरेका थिए । भट्टको मृत्युपछि बाँकी बचेका औषधी फिर्ता गर्न जाँदा फार्मेसीले म्याद सकिएको औषधि फिर्ता नहुने बताएपछि आफन्त आक्रोशित बनेका थिए । म्याद गुज्रेको औषधी दिएका कारण भट्टको मृत्यु भएको भन्दै आफन्तले अस्पतलमा आन्दोलन गर्नुका साथै फर्मेसीमा तोडफोड गरेका थिए । पछि अस्पतालले उपचार शुल्क मिनाहा…
Read More
दुई जिल्ला जाेड्ने झाेलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा

दुई जिल्ला जाेड्ने झाेलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा

काठमाडाैं । दुई जिल्ला जाेड्ने झाेलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा पुगेकाे छ । तनहुँ र चितवन जिल्ला जाेड्ने झाेलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा पुगेकाे हाे । पुल निर्माण पछि तनहुँकाे आबुखैरेनी गाउपालिका वडा नम्बर ५ दोन्द्राङ बेशी र चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालका जनता सहजै आवत जावत गर्न सक्छन्। वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष गुरुङले तनहुँ र चितवन जिल्ला जाेड्ने झाेलुङ्गे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, 'आशा गरौँ केही दिनमै पुलकाे निर्माण कार्य सकिएर निर्वाध रूपमा सुचारु हुन्छ।' उत्त स्थानमा रहेको झाेलुङ्गे पुल विगत ३ वर्ष अगाडि बर्षातको समयमा नदिको बहाब…
Read More
सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

२ जेठ, दाङ । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो । डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग पु¥याउने भन्दै ट्राफिक चेतनाबारे सबैमा जानकारी हुनुपर्ने बताउनुभयो । यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको जानकारी गराउनुभयो । उहाँले दुर्घटना न्यूनीकरणका लागि आम नागरिकमा ट्राफिक नियमबारे जानकारी गराउनुपर्नेमा…
Read More
अपरा ९अचला एकादशी व्रत गरिँदै

अपरा ९अचला एकादशी व्रत गरिँदै

२ जेठ, काठमाडौँ । ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा ९अचला० एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसम्पदा प्रदान गर्दछ । यस दिन भगवान् त्रिविक्रमको पूजा गर्ने गरिन्छ । यो व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुने जनविश्वास छ । युद्धभूमिबाट भाग्ने क्षत्रीय नरकगामी हुन्छन, अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन । जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनः उनकै निन्दा गर्दछन ती पनि नरकगामी हुन्छन् तर…
Read More
चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार

२ जेठ, खलंगा । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलकहरुको उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलङ्गामै थन्किएको थियो । शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सागुम्बा सङ्कलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह…
Read More
जलजलको सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक

जलजलको सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक

२ जेठ,पर्वत । पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । तर सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा सो व्यवस्था प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्नु तथा नगराउन अनुरोध गरेको छ । यदि कहीँकतै सो क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहनुभएका व्यवसायीले अन्य वैकल्पिक स्थानमा सञ्चालन गर्नसमेत आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा मादक…
Read More
आलेख : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्

आलेख : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्

२ जेठ,लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौँअर्बको लगानी भएको उहाँ बताउनुहुन्छ । अध्यक्ष शर्मा भन्नुहुन्छ, “विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप हुने हाम्रो आकलन थियो । यसको ठूलो आशाले यो क्षेत्र व्यावसायिक हव बनिसकेको पनि छ”, शर्माले भन्नुभयो, “तर पनि…
Read More
तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित

तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित

२ जेठ, जलेश्वर । महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ । यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनिषा भारद्वाजका अनुसार गर्मी बढेसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बृद्धि भएको छ । सामान्यरूपमा ७०–७५ उपचारका लागि आउने गरेकामा अहिले एक सय ५० देखि दुई सय ५० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला,…
Read More
भरतपुर कारागारमा औषधि अभाव

भरतपुर कारागारमा औषधि अभाव

२ जेठ, चितवन । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला चार नाबालक÷नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ । यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उहाँका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि रु १२ लाखमात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष रु २५…
Read More
नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?

२ जेठ, बेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनहुन्छ प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उहाँको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । “वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।” लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्ने उहाँ…
Read More
Page 237 of 452
1 … 235 236 237 238 239 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.