पानीको सट्टा रक्सी पिएर १ सय ७ वर्ष बाँच्ने पुरुष!
१ जेठ, काठमाडाैं । पानी नपिइकन मानिस धेरै दिन बाँच्न सक्दैन । तर एकजना मानिस भने पानी नै नपिइकन १ सय ७ वर्षसम्म बाँचेका छन् । सुन्दैमा पत्यारै नलाग्नु स्वभाविकै हो । तर उत्तर पश्चिम स्पेनको विगो सहरका एक व्यक्तिले आफ्नो जिवनकालभर नै पानी पिएनन् र हालै १ सय ७ वर्षको उमेरमा उनको निधन भएको छ । आखिर पानी पिएनन् भने उनले के बाट पानी लिए त ? हो, उनले पानीको साटो रक्सी पिए । समाचार अनुसार उनले आफ्नो जिवनकालमा कहिल्यै पनि खाली पानी पिएनन् । उनले पानी पिनुका साटो आफै बनाएको अर्गानिक रेड वाइन पिए र तिर्खा मेटे ।…
