समाज

पिकलबलमा नेपालका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने

पिकलबलमा नेपालका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने

२९ वैशाख, काठमाडौँ । स्पेनको क्याडिज सहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ खुला पिकलबल प्रतियोगितामा नेपाललका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी जेठ ५ र ६ गते हुने उक्त प्रतियोगिताममा नेपालबाट सुवेदीले भाग लिने भएका हुन् । उनलाई नेपाल पिकलबल सङ्घका अध्यक्ष उमेशकुमार आचार्यले आज यहाँ आयोजित कार्यक्रममा सफलताको कामना गर्दै नेपाली झण्डा प्रदान गरेर बिदाइ गर्नुभयो । सबै उमेर समूहका खेलाडीले खेल्न मिल्ने यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय छ । नेपालमा पनि यसको विभिन्न खेल भइसकेको र भारतमा आयोजना भएका प्रतियोगितामा पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै पदक हात पार्न सफल भइसकेका छन् । खेलाडी सुवेदी…
Read More
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

२९ वैशाख,काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिक धेरै खटाउने मुलुकको…
Read More
रसुवामा आयुर्वेद उपचार प्रभावकारी

रसुवामा आयुर्वेद उपचार प्रभावकारी

२९ वैशाख, रसुवा । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् । सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध हुन थालेकाले उपचार गराउनेको सङ्ख्या बढ्न थालेको छ । विसं २०५७ मा धुञ्चेमा जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना भएको थियो । उक्त केन्द्रले औषधिका साथै शारीरिक व्यायामलाई पनि जोड दिँदै आएको छ । पछिल्लो समय कार्यालय प्राङ्गणमा नियमित व्यायाम गराउन थालिएको…
Read More
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

२९ वैशाख,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ । स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले स्व पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पु¥याएको योगदानको चर्चा गर्नुभयो । पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीतालगायतमा समेत नेता पाठकको महत्वूर्ण भूमिका रहेको…
Read More
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

२९ वैशाख, रेसुङ्गा । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ढल्९ब्द्यत् ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आउनुभएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताउनुभयो । त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौँबाट केही समयमै गुल्मी आउन पाएको बताउनुभयो । हवाई सेवाले गुल्मी र राजधानीलाई…
Read More
चितवनमा ‘चितौन कचेहेरी’

चितवनमा ‘चितौन कचेहेरी’

२९ वैशाख, चितवन । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ । मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्ति जनताको समस्यालाई सामाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताउनुभयो । सभ्य समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । कचेहेरीमा समसामयिक समस्या, समाधान र सम्भावना खोतल्ने गरी…
Read More
मोटर स्पोर्टसमा २१ जना प्रतिस्पर्धी

मोटर स्पोर्टसमा २१ जना प्रतिस्पर्धी

२९ वैशाख, चितवन । नासा नेपाल बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशनको संयुक्त आयोजनामा हुन लागेको मोटरस्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आज साँझबाट सुरु हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि उनीहरुले आवेदन दिएका हुन् । कार्यक्रम संयोजक राजन पियाका अनुसार प्रतियोगितामा आज क्वालिफिकेसन राउण्ड हुनेछ । प्रतियोगितामा खेलकुदमध्येको एक शाहसिक एवं रोमान्चक खेल रहेको उहाँले बताउनुभयो । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार हुने आयोजकले जनाएको छ । चितवनलाई शाहसिक र खेल पर्यटनको मुख्य गन्तव्य बनाउने उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा सहभागीमध्ये १४ जना जिल्ला बाहिरका छन् । सहभागीमा दुई महिलासमेत रहेको…
Read More
उपभोक्ता अधिकार : वस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने

उपभोक्ता अधिकार : वस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने

२९ वैशाख, टीकापुर । टीकापुरकी सुशीला श्रेष्ठले सामान किन्दा कहिल्यै मूल्य र म्याद हेर्ने गर्नुभएको छैन । उहाँसँग व्यापारीले भनेकै दरमा किन्ने र सामान किन्दा कहिलेकाही ठगिएको अनुभव छ । उहाँले व्यापारीलाई विश्वास गर्दा सडेको चामल खानु परेको छ । “सडेको चामल दुई पटक खानुपरेको छ, घर लगेर खोलेपछि फिर्ता गरिएन”, उहाँले भन्नुभयो, “आफूलाई जानकारी नहुँदा ठगिने डर हुन्छ, हामी हेर्न जान्दैनौँ, व्यापारीले मनपरी गरे ठगिने जोखिम छ ।” लेखपढ गर्न नजान्ने भीमबहादुर विश्वकर्माले पनि कहिल्यै मूल्य र म्यादबारे जानकारी पाउनुभएको छैन । व्यापारीकै मुख हेरेर उहाँले सामान किन्नुहुन्छ । उहाँले अहिलेसम्म कहिल्यै बील समेत माग्नुभएको छैन । कोही उपभोक्ताले…
Read More
कृषकलाई अनुदानमा कृषि सामग्री

कृषकलाई अनुदानमा कृषि सामग्री

२९ वैशाख, लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री ९औजार० उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर ९घाँस तथा पराल र छवाली काट्ने उपकरण०, प्रेसर क्लिनर ९गोठ सफा गर्ने उपकरण०, काउ म्याट ९गोठमा ओछ्याउने म्याट० लगायत सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । करिब रु १० लाख बराबरको साना कृषि औजार वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवरले जानकारी दिनुभयो । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकको समय बचत गर्न र पशुपालक कृषकलाई काममा अग्रसर गराउन यस्तो…
Read More
दोधारा चादँनी सुक्खा बन्दरगाहः डेढ दशकपछि ‘ईआईए’ स्वीकृत

दोधारा चादँनी सुक्खा बन्दरगाहः डेढ दशकपछि ‘ईआईए’ स्वीकृत

२९ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनमा निर्माण हुने सुक्खा बन्दरगाह यसअघि सोही नगरपालिकाको कञ्जभोजमा प्रस्ताव गरिएको थियो । स्थानीयको विरोधपछि महाकाली नदीमा निमार्णाधीन पुलको पश्चिमतर्फ बन्दरगाह निर्माणको प्रस्ताव गरी ईआईए स्वीकृत गरिएको हो । एकीकृत सुरक्षा जाँच चौकीसहित उक्त बन्दरगाह भारतले निर्माण गरिदिने गरी प्रक्रिया अघि बढिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । सरकारले ईआईए स्वीकृत गरेसँगै भारतमार्फत हुने अन्र्तराष्ट्रिय व्यापार सहजीकरणका…
Read More
Page 241 of 452
1 … 239 240 241 242 243 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.