समाज

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

२८ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँ श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुनुहुन्छ । विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखँे”, उहाँले भन्नुभयो । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोल्नुभयो । वन विभागको अनुमति लिनुभएका पन्तले भन्नुभयो, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।” काठमाडाँैमा छँदा विभिन्न…
Read More
राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन

राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन

२८ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ । गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा सङ्कलन गरिएको हो । गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन केन्द्रका…
Read More
राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा

राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा

२८ वैशाख, जानकी ।  बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ । बाँकेको पूर्वी क्षेत्रमा रहेको राप्तीपारी सिधनियाघाटमा पुल बनेको पनि डेढ दशकभन्दा धेरै भइसक्यो । तर पनि त्यहाँका तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा नै जोखिम पूर्ण यात्रा…
Read More
दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

२८ वैशाख, राँझा । दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो । भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ । भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र…
Read More
होटलमा ग्राहकको छुरा हानेर हत्या

होटलमा ग्राहकको छुरा हानेर हत्या

२८ वैशाख,धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् । आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिनुभयो । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । घटनापछि पण्डित फारर भएका थिए ।…
Read More
पूर्वगृहमन्त्री खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

पूर्वगृहमन्त्री खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले बुधबार खाँणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ। पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा छन्…
Read More
चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि सङ्ग्रहालय निर्माण

चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि सङ्ग्रहालय निर्माण

२७ वैशाख, गोरखा। शहीद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेशभूषा, तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा वडा कार्यालयले विनियोजन गरेको रु १४ लाख बजेटबाट सङ्ग्रहालय निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो । “स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो”, वडाध्यक्ष थापाले भन्नुभयो, “उपभोक्ता समितिमार्फत निर्माण गरिएको सङ्ग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।” सङ्ग्रहालयमा अल्पसङ्ख्यक…
Read More
पुनःस्थापनाको माग गर्दै ३२ स्थानीय तहलाई ज्ञापनपत्र

पुनःस्थापनाको माग गर्दै ३२ स्थानीय तहलाई ज्ञापनपत्र

२६ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका मुक्त हरवाचरवाले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेटमा पुनःस्थापनाका कार्यक्रम समेट्नुपर्ने मागसहित ३२ स्थानीय तहलाई ज्ञापनपत्र बुझाएका छन् । मुक्त हरवाचरवा बाहुल्य प्रदेशका आठ जिल्लाका ३२ स्थानीय तहलाई जनदबाबस्वरुप ज्ञापनपत्र बुझाइएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलले जानकारी दिनुभयो । राष्ट्रिय दलित नेटवर्क, नेपालको सहजीकरण, स्थानीय साझेदार संस्थाको संयोजन र ३२ पालिकमाा गठित मञ्चका स्थानीय समितिको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो । चार दिनसम्म चलेको अभियानअन्तर्गत पहिलो दिन वैशाख २४ गते पर्साको पकाहमैनपुर गाउँपालिका, बाराको कोल्हवी नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, धनुषाको शहीद नगरपालिकामा ज्ञापनपत्र बुझाइएको थियो ।…
Read More
रेसुङ्गा अयोध्या सम्बन्ध विस्तार गर्नुपर्ने

रेसुङ्गा अयोध्या सम्बन्ध विस्तार गर्नुपर्ने

२७ वैशाख, तम्घास । अयोध्यादेखि रेसुङ्गासम्मको सम्बन्ध विस्तारका लागि गुल्मीको रेसुङ्गामा धार्मिक महोत्सव सञ्चालन भइरहेको छ । ‘श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन’ नाम दिइएको महोत्सव ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । रेसुङ्गा र अयोध्याबीच त्रेता युगदेखि सम्बन्ध भए पनि धार्मिकसम्बन्ध प्रगाढ बन्न नसकेको भन्दै अयोध्याबाट यहाँ आउनुभएका योगी शम्भुनाथ जी महाराजले रेसुङ्गा क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न आफूले सहयोग गर्ने बताउनुभयो । उहाँले आयोध्याका राजा दशरथलाई सन्तान प्राप्तिको लागि रेसुङ्गाका ऋष्यश्रृङ्गे ऋषिले खेलेको भूमिका भारतमा व्यापकरुपमा प्रचार भए पनि रेसुङ्गा क्षेत्रपछि पर्नु दुर्भाग्यको विषय भएको बताउनुभयो । धार्मिक महोत्सव तथा सन्त सम्मेलनले रेसुङ्गाको अयोध्यासँग त्रेतायुगदेखिको…
Read More
घर जलेपछि पीडितलाई बासको समस्या

घर जलेपछि पीडितलाई बासको समस्या

२७ वैशाख, रामपुर। आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उहाँलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना होकी विपना जस्तै अनुभूति हुने गरेको छ । आगोले पोलेको पीडा त छँदैछ तर त्योभन्दा बढी घर डढेको पीडाले उहाँ तड्पिरहनुभएको छ । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा उहाँको तीनतले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ । घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उहाँलाई…
Read More
Page 243 of 452
1 … 241 242 243 244 245 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.