Share Icon

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाई जारी रहेको छ ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरीको मुद्दा उपर अन्तिम सुनुवाइ हुन लागेको हो ।

उनको मुद्दा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मुद्दा किनाराको अन्तिम चरणमा रहेकाले आजै फैसला आउने सम्भावना छ ।

टिकापुर घटनामा चौधरी लगायत ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

करिब त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

Facebook Comments Box

Share Icon