Share Icon

सिरहा । मधेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले ग्राम उद्योग केन्द्रको शिलान्यास गरेका छ्न।

सिरहाको औरही गाउँपालिका ५ स्थित प्रहरी चौकी नजिकै ग्राम उद्योग भवनको शुक्रबार एक कार्यक्रमबिच उद्योग केन्द्रको लागि भवनको शिलान्यास गरिएको छ ।

मधेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले आफ्नो संसदीय कोषको बजेटबाट ग्राम उद्योग भवन निर्माण गर्न लागेका हुन् । उक्त भवनको आज राज्यमन्त्री यादव, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र उपाध्यक्ष रेणु कुमारी यादवले संयुक्त रुपमा शिलान्यास गरे ।

उक्त भवन निर्माणका लागि राज्यमन्त्री यादवले संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ बजेट छुट्याएको जनमत पार्टीका नेता दिलिप यादवले जानकारी दिए ।

पहिलो चरणमा भवन निर्माण गरिएको छ । पछि उक्त भवनमा उद्योग सञ्चालन गरी स्थानीयलाई रोजगारी दिने बताइएको छ ।

Facebook Comments Box

Share Icon