वडा खबर सम्वाददाता

1908 Posts
पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

२१ भदौ,पर्वत। पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पु¥याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो । विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने यहाँ आइपुग्नुभएको हो । टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी दिनुभयो । प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको उहाँको भनाइ छ । “विस्तृत विवरण अध्ययन र सबै…
Read More
जसपा प्रशिक्षणको तयारीमा

जसपा प्रशिक्षणको तयारीमा

२१ भदौ, काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेको छ । सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकामा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव,…
Read More
घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

१९ भदौ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो । आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो । सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ । तीनै जनालाई रु पाँच लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको…
Read More
नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो

नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो

१९ भदौ,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता शेयर रु ७९ करोड ६८…
Read More
फाेहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री

फाेहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री

१९ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उहाँले काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गर्नुभएको हो । बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानूनी प्रबन्ध आवश्यक रहेकामा जोड दिइएको छ । बैठकमा…
Read More
प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

१९ भदौ,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताउनुभएको छ । विधेयकमा आफूहरुको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उहाँले उक्त जानकारी गराउनुभएको महासङ्घका अध्यक्ष कमला तुलाधरको नेतृत्वको टोलीमा सहभागी नेपाल विद्यालय परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिनुभयो । उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषद्बाट पारित भए पनि सरोकारपक्षको विरोधका कारण मन्त्रिपरिषद्मै पुनः विचारको स्थितमा छ । विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री दाहाल…
Read More
वडामा पहिलो प्राथमिकता बाटोलाई दिएर काम गर्दै : वडा अध्यक्ष थापा

वडामा पहिलो प्राथमिकता बाटोलाई दिएर काम गर्दै : वडा अध्यक्ष थापा

१९भदाै, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स जनगणना घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्याः ६ ९ साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिकास कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४(९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर भौगोलि अवस्थिति । पूर्वी देशान्तरसम्म सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी…
Read More
वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आएका छाैँ : अध्यक्ष मगर

वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आएका छाैँ : अध्यक्ष मगर

१९ भदाै, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स जनगणना घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्याः ६ ९ साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिकास कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४(९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर भौगोलि अवस्थिति । पूर्वी देशान्तरसम्म सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट,…
Read More
जनताको विकास र समृद्धिको लागि वडामा सदैब लागि परेका छाैँ : अध्यक्ष सुर्यवंशी

जनताको विकास र समृद्धिको लागि वडामा सदैब लागि परेका छाैँ : अध्यक्ष सुर्यवंशी

१९ भदाै,काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर रहेकाे छ । पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान। प्रमुख जातजातीः मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी। परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी। यस गाउँपालिकाले नेपालको कुल भुभागको ०।०७८८ प्रतिशत र नवलपरासी ९ब।सु।पू ० को १४।१५ प्रतिशत भूभाग ओगटेको छ। नवलपरासी पुर्व जिल्लामा अवस्थित बलिङटार गाउँपालिका वडा नं. १ का वडा दिल बहादुर सुर्यवंशीले स्थानीय तहको…
Read More
इटहरीमा ‘विराट सत्सङ्ग समारोह–२०८०’ हुँदै

इटहरीमा ‘विराट सत्सङ्ग समारोह–२०८०’ हुँदै

१९ भदौ,काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले सुनसरीको इटहरीमा ’विराट सत्सङ्ग समारोह–२०८०’ आयोजना गर्ने भएको छ । मानव–मानव बिचको प्रेम, सद्भाव,सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं विश्वमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ को प्रेरणा जागृत गराउने उद्देश्यले आगामी असोज १९ र २० गते दुईदिन आयोजना गर्न लागिएको सत्सङ्गमा सतपालजी महाराजले सम्बोधन गर्नुहुने उक्त समितिले जनाएको छ । देश तथा विदेशबाट लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता रहने उक्त समारोहमा आत्मानुभवी विद्धान सन्त महात्माहरूद्वारा सत्सङ्ग प्रवचन एवं ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत तथा सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने समितिका अध्यक्ष जीवनराज गहतराजले जानकारी दिनुभयो । मनको शान्ति तथा…
Read More
Page 21 of 191
1 … 19 20 21 22 23 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.