वडा खबर सम्वाददाता

1908 Posts
मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड

मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड

२१ भदौ, एजेन्सि । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ । युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलन आयोजक राष्ट्रका प्रधानमन्त्रीले पर्सी शनिबारदेखि नयाँदिल्लीमा आयोजना हुने दुईदिने शिखर सम्मेलनका सन्दर्भमा आज प्रकाशन गर्नुभएको आलेखमा समावेशी विश्वविकासमा जोड दिनुभएको हो । संस्कृत सुक्ति ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पृथ्वीका सबै मानिस एकै परिवारका सदस्य हुन्भन्ने आशययुक्त शिखर सम्मेलनको नाराबाट प्रारम्भ गर्नुभएको आलेखमा वसुधैव कुटुम्बकम्को समावेशी दृष्टिकोणले मानव समाजलाई सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारका रुपमा अघि बढ्न प्रेरित गरेको बताउनुभएको छ । भारतका प्रधानमन्त्रीले साझा भविष्यका निम्ति विश्वका…
Read More
सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा

२१ भदौ, एजेन्सि । सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो । कतारी समाचार समितिले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोमा जनरल बुर्हानलाई कतारको विदेश मन्त्रालयका राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाईफीले स्वागत गर्नुभएको देखिन्छ । जनरल बुर्हान र कतारका शेख तमिम बिन हमाद अल–थानीबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र साझा हितका मुद्दाका साथै सुडानको अवस्थाका बारेमा छलफल हुने सुडानको सत्तारुढ सार्वभौम परिषद्ले एक विज्ञप्ति निकालेर बताएको छ ।…
Read More
नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

२१ भदौ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिनुभयो । गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एकमात्रै जिल्लाका रुपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैँडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान…
Read More
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

२१ भदौ,किमाथाङ्का। त्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिनुभयो । बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह काठमाडाँै पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोखे्रलको भनाइ छ । सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म १२ भन्दाबढी सुत्केरी तथा गर्भवतीको…
Read More
क्यानले ल्यायो रु साढे ३६ अर्बको बजेट

क्यानले ल्यायो रु साढे ३६ अर्बको बजेट

२१ भदौ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ । अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गर्नुभयो । प्राधिकरणले चालु आवमा रु १५…
Read More
हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

२१ भदौ,रौतहट । जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम तीव्ररुपमा बढेको छ । सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा भएका अतिक्रमित वन जङ्गलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय बताउँछन् । वन अतिक्रमण तीव्ररुपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन । सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल अतिक्रण भएको छ । सो ठाउँमा घर बनाउनेक्रम बढेको स्थानीय बताउँछन् । “पहिला सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो…
Read More
एसियाड : आर्चरीमा उत्साहित छन् खेलाडी

एसियाड : आर्चरीमा उत्साहित छन् खेलाडी

२१ भदौ,कास्की । विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्नुहुन्छ । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उहाँ ‘टार्गेट’मा केन्द्रित हुनुहुन्छ । त्यहाँ उहाँलगायत चार खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा हुनुहुन्छ । आगामी असोज ६ गतेदेखि मित्रराष्ट्र चीनको हाङझावमा १९औँ संस्करणको एशियाली खेलकुद(एसियाड) नजिकिँदै जाँदा मगरमा उत्साह सँगसँगै मनमा डर छ । इन्डोनेसियामा चार वर्ष अघि १८औँ संस्करणमा उहाँ एशियाली खेलकुदमा पहिलो पटक सहभागी बन्नुभएको थियो । पहिलो सहभागितामा प्रदर्शन राम्रै भएकाले मगर यसपटक थप मेहनत गर्दै रेकर्ड सुधार्ने लक्ष्यमा हुनुहुन्छ । अभ्यास गर्दा राष्ट्रिय रेकर्ड ६५…
Read More
प्रतिनिधिसभा बैठक : विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न माग

प्रतिनिधिसभा बैठक : विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न माग

२१ भदौ,काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल् पुगेको टिप्पणी गर्नुभएको छ । बैठकको शून्य समयमा नेकपा ९एमाले०का विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गर्नुभयो । नेपाली कांग्रसका सांसद श्यामकुमार घिमिरेले कानुनी अन्योलका कारण देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । सोही पार्टीका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिई कोशी कटानको नियन्त्रणका दिगो समाधानका उपाय खोज्न आग्रह गर्नुभयो । जनमत पार्टीका विनिताकुमारी…
Read More
उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

२१ भदौ, काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेकपा (एमाले) का सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्र्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गर्नुभएको हो । उहाँले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै…
Read More
वडाबासीलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष आले

वडाबासीलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष आले

२१ भदाै,काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर ।  मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ…
Read More
Page 19 of 191
1 … 17 18 19 20 21 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.