वडा खबर सम्वाददाता

1908 Posts
समग्र वडालाई समेटेर निरन्तर कामहरू अगाडि बढाईरहेका छाैँ : अध्यक्ष गुरुङ

समग्र वडालाई समेटेर निरन्तर कामहरू अगाडि बढाईरहेका छाैँ : अध्यक्ष गुरुङ

२१ भदाै,काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा।वि।स।लाई समेटेर । मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ…
Read More
निस्वार्थ रूपले वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष भट्टराई

निस्वार्थ रूपले वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष भट्टराई

२१ भदाै,काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा।वि।स।लाई समेटेर । मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि।मी। पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ…
Read More
विदेश छाडेर नेपालमै च्याउ खेती

विदेश छाडेर नेपालमै च्याउ खेती

२१ भदौ, मलेखु। वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उहाँले बताउनुभयो । “अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो”, पौडेल भन्नुहुन्छ, “चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।” विसं २०७६ मा काठमाडौँको नागार्जुन…
Read More
उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

२१ भदौ,सर्लाही। उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ । अनेकौ समस्या व्यहोरेर पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल बढेको सहभागी किसान माधव थापाले बताउनुभयो । पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका…
Read More
सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

२१ भदौ,भरतपुर । यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन् । शुक्रबार सामूहिक रुपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा ईच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वाँगी मनाउँदैछन् । “चेपाङ सङ्घको तर्फबाट उत्सवका रुपमा सामूहिक रुपमा पर्व मनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उहाँका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन…
Read More
पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

२१ भदौ,दैलेख । दैलेख सदरमुकामका विभिन्न ठाउँमा सामाजिक सद्भाव कायम राख्दै एकमहिने वर्षे मेला सञ्चालन गरिन्छ । सयौँ वर्ष पुरानो मानिएको वर्षे मेला गाँठेमङ्गलको सुरुआतसँगै एक महिनासम्म सञ्चालन हुने प्रचलन छ । परम्परागतरूपमा नेवार समुदायले परापूर्व कालदेखि मनाउँदै आएको वर्षे मेला नयाँ पुस्ताको लगाव बढ्दै गएको देखिन्छ । अहिले वर्षे मेला सबै जातजातिका लागि साझा पर्वका रूपमा विकसित भएको छ । केही वर्षअघिसम्म दैलेख सदरमुकाम बसोबास गर्ने नेवार समुदायले वर्षे मेलालाई उल्लासका साथ बनाउने प्रचलन थियो । पुरानो संस्कृति विस्तारै लोप हुँदै गएपछि यसको महत्व बचाउन पछिल्ला वर्षमा नयाँ पुस्ता जागरूक भएका हुन् । केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा मात्र सञ्चालन…
Read More
विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

२१ भदौ,चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिनुभयो । “एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुनसकेन । हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो”, उहाँले भन्नुभयो । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “यसो गर्न सके मुलुक स्वाधिन, सुन्दर, लोकतन्त्र र सम्बृद्ध बनाउन सकिन्छ ।” स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि…
Read More
सुदूरपश्चिममा आज गौरा मनाइँदै

सुदूरपश्चिममा आज गौरा मनाइँदै

२१ भदौ,दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गँेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि…
Read More
परम्परागत सीप र पढाइ सँगसँगै

परम्परागत सीप र पढाइ सँगसँगै

२१ भदौ,तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ । दिनभरिको पढाइबाट थकित हुने विद्यार्थीलाई तनावमुक्त बनाउन अन्तिममा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको छ । विद्यालयले सिक्दै पढ्दै अभियानअन्तर्गत गायन वाद्यबादन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायतका कार्यलाई प्राथामिकता दिन थालेको हो । करिब एक हप्ताअघिदेखि पढाइको साथसाथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावकसमेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिनुभयो । घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लाग्नुभएको उहाँले बताउनुभयो । कक्षा १ देखि…
Read More
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

२१ भदौ,ओखलढुङ्गा।ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो । दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ ।
Read More
Page 20 of 191
1 … 18 19 20 21 22 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.