उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

Share Icon

२१ भदौ,सर्लाही। उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ । अनेकौ समस्या व्यहोरेर पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल बढेको सहभागी किसान माधव थापाले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन भ्रमण गराएको हो । उद्योगले आफ्नो फार्ममा लगाएको उखु खेतीको अवलोकन गराउनुका साथै अन्तक्र्रियासमेत गराएकोे अर्की कृषक धनमाया विकले बताउनुभयो ।
उन्नत जातको उखुको बीउ लगाउन जिल्लाका उखु उत्पादक किसानलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि प्रयोग गर्नुपर्नेमा जानकारी गराइएको उद्योगको प्रशासन शाखाका अधिकारी डाकुरप्रसाद नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्योगले अहिले २८ बिघा क्षेत्रफलमा विभिन्न तीन जातका उखु लगाएकामा र सो स्थलको अवलोकन गराइएको थियो । उखु उत्पादक किसानको उत्पादन राम्रो भए चिनी उद्योग र किसान दुबैले राम्रो प्रतिफल पाउने भएकाले आधुनिक प्रविधि प्रयोग गरी उखु खेती गर्नुको विकल्प नरहेको उद्योगका प्रवन्धक योगनारायण रजकले बताउनुभयो । उहाँले भारतबाट ल्याइएको विभिन्न जातका उखु १५ कठ्ठा जमिनमा लगाइएको र उखुको बीउ यो वर्ष विस्तार गरेर २८ बिघामा लगाइएकोे जानकारी दिनुभयो ।
नयाँ जातको उखु रोप्दा उत्पादन बढेर जाने र किसानको आम्दानी वृद्धि हुने उद्योगले जनाएको छ ।इन्दुशकरले २८ विघामा तयार पारेको उखुको बीउ करिब एक हजार पाँच सय बिघा जमिनमा रोप्न पुग्ने उहाँले जानकारी दिनुभयो ।
उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्न,उखु उत्पादक किसानको मनोवल बढाउन, उत्कृष्ट उखु उत्पादक किसानहरुलाई भ्रमणसहित उखु उत्पादक गर्ने तरिका सिकाउने, उपलब्ध बिउ वितरण गर्ने, परम्परागत उखु उत्पादक प्रणालीलाई परिवर्तन गरी आधुनिक प्रविधियुक्त तरिकाबाट उखु उत्पादनतर्फ आकर्षित गर्ने भन्दै इन्दुशंकरले उखु उत्पादक किसानहरुलाई स्थलगत अवलोकन गराएको हो ।
सो क्रममा सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरीका र विभिन्न जातका उखु लगाउँदा हुने उत्पादनलगायत विषयमा जानकारी गराउननाका साथै अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण दिइएको उद्योगले जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.