Share Icon

१४ बैशाख ,काठमाडाैं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। बिहीबार ६० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ४० पीसीआर तथा १ हजार ४७७ एन्टिजेन परीक्षण भएको छ। कोरोना बढी मात्रामा फैलीरहेको हुँदा सम्पूर्ण नेपालीलाई कोरोना बाट बच्नबचाउन आग्रह छ ।

Facebook Comments Box

Share Icon