वडा खबर सम्वाददाता

1908 Posts
रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

२२ भदौ,मलेखु । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए । मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए । त्यही ढ्याङ्ग्रो ठोकेर फलाक्नेमध्येका एक हुनुहुन्थ्यो धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ । नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरुको मुख्य पर्व पनि हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’…
Read More
दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

२२ भदौ, भोजपुर। भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ…
Read More
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

२२ भदौ,किमाथाङ्का।  मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाउनुभयो । जग्गाधनीलाई मुआब्जावापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा…
Read More
पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

२२ भदौ,कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ तीन विभागीयसहित पाँच टोली र पुरुषतर्फ दुई विभागीयसहित पाँच टोलीको सहभागिता निश्चित भएको नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस…
Read More
विचार : निजामती सेवामा सुधारका सवाल

विचार : निजामती सेवामा सुधारका सवाल

२२ भदौ, काठमाडौँ । विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरू रहेका छन् । योग्यता तथा क्षमताका आधारमा निष्पक्षरूपमा भर्ना वा छनोट गरिने, जीवनको निश्चित अवधिसम्म कार्यरत रहने, विधि र प्रक्रियाअनुसार सञ्चालित हुने, समय बित्दै जाँदा अनुभव तथा सिकाइको आधारमा वृत्तिपथमा अगाडि बढ्दै जाने गरी पद सोपानमा आधारित हुने यसको परिचय तथा विशेषता दर्शाउने मूल्यहरू हुन् । यसबाहेक राजनीतिकरूपमा तटस्थता अपनाउने, निर्णय निर्माण तथा अन्य काम कारबाहीको व्यवस्थित अभिलेख राखिने एवं अनुशासन र आचरणको साथमा व्यावसायिकता विकासको अवसरसमेत उपलब्ध सेवा पनि हो निजामती सेवा…
Read More
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

२२ भद,काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ । अनलाइनमार्फत ठगी गर्ने पक्राउ अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५…
Read More
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने

२२ भदौ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने छ । पार्टी महासचिव घनश्याम भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति,सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ । उहाँले अभियानमा…
Read More
वैवाहिक अधिकारबाट वञ्चित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

वैवाहिक अधिकारबाट वञ्चित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

२१ भदौ,काठमाडौँ । मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय विवाह गर्न पाउने अधिकारबाट वञ्चित भएको बताउनुभएको छ । उक्त संस्थाद्वारा आज यहाँ आयोजित वैवाहिक समानतामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले संविधानले प्रदत्त गरेका अधिकार र सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय वैवाहिक अधिकारबाट वञ्चित भएको बताउनुभएको हो । “अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, संविधानअनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको हकअधिकार सरकारले सुनिश्चित नगर्दा उनीहरू अधिकारबाट वञ्चित भएका छन्”, कार्यकारी निर्देशक केसीले भन्नुभयो, “संविधानको व्यवस्था अक्षरश पालना भए मात्र वैवाहिक समानताको अधिकार प्राप्त गर्न सकिन्छ ।” नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सुनिश्चित…
Read More
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

२१ भदौ,काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नुभयो । हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताउनुभयो । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति…
Read More
अस्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना

अस्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना

२१ भदौ, एजेन्सि । चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो । चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अस्ट्रेलियाका आफ्ना समकक्षी एन्थोनी अल्बानीजसँगको भेटवार्तामा एशिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताउनुभयो । उहाँले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताउनुभयो । यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले चीनसँगको चिसिएको सम्बन्ध सुधार्र्न यस वर्षको अन्त्यमा चीनको भ्रमणमा…
Read More
Page 18 of 191
1 … 16 17 18 19 20 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.