वडा खबर सम्वाददाता

1908 Posts
एसिया कप : नेपाललाई दोस्रो झट्का

एसिया कप : नेपाललाई दोस्रो झट्का

१८ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए । त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए । अहिले क्रिजमा आसिफ सेख र कप्तान रोहित पौडेल…
Read More
सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै

सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै

१८ भदौ,काठमाडौँ। विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औँ राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकमा सम्मेलनमा सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिनुभयो । सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा विमल कोइरालाले दुईदिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । “सम्मेलनले नेपाली समाजमा व्याप्त निरासाबीच आशा जागरुत गर्ने विश्वास लिएका छौँ । अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पु¥याउने भन्ने सोचका साथ यो सम्मेलन…
Read More
नेपालले एक विकेट गुमायो

नेपालले एक विकेट गुमायो

१८ भदौ,काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन् ।
Read More
अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

१८ भदौ,गण्डकी ।अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताउनुभएको छ । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताउनुभयो । नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उहाँले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिनुभयो । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उहाँले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा महतले पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गले बढाउने बताउनुभयो । पर्यटनलाई…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएक छाै :अध्यक्ष बाेहाेरा

नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएक छाै :अध्यक्ष बाेहाेरा

१८ भदाै,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही नगरपालिका लार्इ पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएको छ । हाल यस नगरपालिकाको पूर्वमा राप्ती…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मगर

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मगर

१८भदाै,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको कुल जनसंख्या ५८,८८४ रहेको छ । जसमा पुरूषको संख्या २८,२५७ र महिलाको जनसंख्या ३०,३२७ रहेको छ । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही नगरपालिका…
Read More
शिक्षा पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरुङ

शिक्षा पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरुङ

१८ भदाै,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको कुल जनसंख्या ५८,८८४ रहेको छ । जसमा पुरूषको संख्या २८,२५७ र महिलाको जनसंख्या ३०,३२७ रहेको छ । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही…
Read More
दब्ल्याङको पहिरोले किसान र उपभोक्ता मर्कामा

दब्ल्याङको पहिरोले किसान र उपभोक्ता मर्कामा

१८ भदौ, ढोरपाटन । असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प भयो । वर्षा हुने बित्तिकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो झरिहाल्छ । कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ–कुश्मिसेरा सडक खण्डमाथिपट्टीबाट खस्ने पहिरोले दुवै सडक ठप्प हुन्छन् । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुँदा नगरपालिकाले सयौँ पटक यहाँ डोजर पठाउँदा हैरानै भइसकेको छ भने यातायात चालक र स्थानीयले सास्ती खेपिरनुपरेको छ । दिनभर ठूलो वर्षा भयो भने तीन दिनसम्म सडक खुल्ने अवस्था रहन्न । राति पानी प¥यो भने बिहान कहिल्यै पनि गाडी चल्न पाएका छैनन् । नियमित रुपमा गाडी नचल्दा दक्षिण बागलुङमा सामान ढुवानी गर्न र बिरामी अस्पतालसम्म ल्याउन…
Read More
प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

१८ भदौ,काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ ।मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रममध्ये राष्ट्रिय युवा परिचालन कार्यक्रमको ४८ दशमलव ८ र खेलकुद विकास कार्यक्रमको प्रगति ३१ दशमलव ५६ छ । नेपाल स्काउट ८० दशमलव ३२, राष्ट्रिय खेलकुद परिषद् ६९ दशमलव ३७, राष्ट्रिय युवा परिषद् ९२ दशमलव १८ र युवा तथा साना व्यवसायी स्वरोजगार कोष ८८ दशमलव २२ प्रगति रहेको…
Read More
सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार

सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार

१८ भदौ,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।
Read More
Page 23 of 191
1 … 21 22 23 24 25 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.