वडा खबर सम्वाददाता

1908 Posts
गुम्बा नभत्काउन महानगरलाई आग्रह

गुम्बा नभत्काउन महानगरलाई आग्रह

१८ भदौ, काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो । समितिका अध्यक्ष टिकाराम गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विसं २०६६ जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उदेश्यका साथ…
Read More
तीन शताब्दीको इतिहासलाई संस्कृतिमार्फत जीवन्तता

तीन शताब्दीको इतिहासलाई संस्कृतिमार्फत जीवन्तता

१८ भदौ,गण्डकी । पोखरा महानगरपालिका–३३ स्थित आँपु भञ्ज्याङ, लामगादी क्षेत्र पुरानो नेवारी बस्तीमा पर्छ । अहिले बसोबास पुस्ता छैँटो पुस्ता हो । पुस्ता गणनाकै आधारले पनि यस ठाउँमा नेवार समुदायको इतिहास तीन सय वर्षभन्दा पुरानो रहेको स्थानीय समाजसेवी एवम् भीमसेन नेवा खलः आँपुभञ्ज्याङ लामगादीका अध्यक्ष लीलबहादुर श्रेष्ठको भनाइ छ । “आँपुभञ्ज्याङ, लामगादी बस्तीको मुख्य भागमा परापूर्वकालदेखि नेवार समुदायको बस्ती थियो”, उहाँले भन्नुभयो, “सुविधाको खोजीका साथै अन्य विभिन्न कारणबाट नेवार समुदायका व्यक्ति बसाइँ सर्दै गएपछि यहाँका बस्तीमा शून्यता छाउन थालेको हो ।” बस्तीमा नै शून्यता छाउन थालेपछि प्राचीन मौलिक संस्कृति पनि हराउने चिन्तासँगै आफूहरू ती संस्कृतिको माध्यमबाट मौलिकता बोकेको इतिहासलाई बचाउने…
Read More
स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

१८ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गर्नुभएको छ । मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान गर्नुभएको हो । विश्व सम्मेलनका क्रममा मन्त्री बस्नेतले इजिप्टको स्वास्थ्यमन्त्रीसँग द्विपक्षीत भेटघाट गर्ने र दक्षिण पूर्वी एशियाका स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्ने सम्भावित कार्यक्रम रहेको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनुभयो । मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा कुरा राख्ने बताइएको छ । मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासमेत इजिप्ट प्रस्थान गर्नुभएको छ ।…
Read More
आजको मौसम : भारी वर्षाको सम्भावना

आजको मौसम : भारी वर्षाको सम्भावना

१८ भदौ,काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र ती प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…
Read More
छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

१८भदौ, इनरुवा। पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् । मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ ।” राजमार्गमा देखिने पशु चौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम…
Read More
सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

१८ भदौ,महेन्द्रनगर । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारप्रसारका लागि आफूले पैदल यात्रा थालेको जानकारी दिनुभयो । एक सय१७३ दिनमा ७७ वटै जिल्ला सदरमुकाम पुगेका पाध्याले यात्रामा सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको बारेमा प्यानरसहित हिँडेको बताउनुभयो । “व्यक्तिगत लगानीमा यहाँका सम्भावना बोकेका क्षेत्र चिनाउने क्रममा धेरैले यात्राका क्रममा सुदूरका…
Read More
कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनीका बाढीपीडितलाई राहत वितरण

१८ भदौ, कागबेनी। मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो । बाढीबाट प्रभावित भएका ती परिवारलाई अनन्त विभूषित मुुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले राहत वितरण गर्नुभएको थियो । उहाँले गत हप्तामात्र पोखरामा पत्रकार सम्मेलन गरी कागबेनीमा अप्रत्याशितरुपमा आएको बाढीबाट ठूलो क्षति पुगेको र कैयौँ पीडित भएकाले उनीहरुलाई आवश्यक सहयोग गर्न नेपाल सरकार र उसका निकाय…
Read More
गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन

गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन

१८ भदौ, रसुवा। पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताउनुभयो । यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पु¥याई गणना सम्पन्न भएको थियो। यसैगरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश…
Read More
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

१८ भदौ,काठमाडौँ। आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो । समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२…
Read More
सुन्धरामा भ्यानको ठक्करबाट मृत्यु

सुन्धरामा भ्यानको ठक्करबाट मृत्यु

१८ भदौ, काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताउनुभयो । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका…
Read More
Page 24 of 191
1 … 22 23 24 25 26 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.